spot_img

प्रित्तम सिंहका नाती पर्सामा अगामि सांसदीय चुनाव लडने

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपालका ढुवानी व्यवसायको किंग भनेर चिनिने प्रितम सिंहका नाती अंगद सिंहले अगामि २०८४ सालको चुनावमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडने उदघोष गरेका छन् । काठमाडौं बसोबास गर्ने ३९ वर्षिय नाती अंगदले आज वीरगंज आएर अगामि चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडने उदघोष गरेका हुन् । प्रित्तम सिंह भारत सरकारको नजिकका व्यक्ति भएको र उनले नै नेपालमा प्रचण्ड नेतृत्वको सरकार बनाउन पहल गरेको भन्दै विवादमा तानिएका छन् ।
भारतीय मुलका प्रित्तम सिंह सन १९५८ सालमा प्रथम पटक मालसमान ढुवानी गर्ने २३८ नंको ट्रक नेपाल भित्रियाएको थिए । त्यसपछि भारतको पन्जाब र हरियाणको सिख धर्मावलम्बीहरु नेपाल प्रवेश गरी ढुवानी व्यवसाय गर्दै बसोवास गर्न थालेको इतिहास छ । शिख परिवारको नेपाल पब्लिक मोटर्स सर्भिसेज,मोर्डन इन्डियन स्कुल,जिएचपी वीरगंजलगायत व्यवसायमा लगानी छ । प्रित्तम सिंहका नाती अंगद सिंह वर्तमान प्रधानमन्त्री पुष्पकमल दहालका स्वर्गीय छोरा प्रकाश दहालका साथी हुन् । उनी प्रचण्डका निकटम मानिन्छन् । प्रचण्डकी जेठी छोरी स्वगीर्य ज्ञानु दहाल भारतको दिल्लमिा उपचाररत हुदाँ अंगदकै डेरामा बसेर उपचार गराएकी थिइन् । हजुर बुवा विवादमा तानिएको घटना बारेमा उनले जथाभावी टिपण्णीले केही पनि नहुने भन्दै उनले अगामि चुनावमा पर्साको क्षेत्र नं ४ को चौतर्फी विकासको मुद्दा लिएर चुनावमा होमिने दावी गरेका छन् । ५० जना युवा समुहसंगै वीरगंज पावरहाउस स्थित गुरुद्वारमा भेटिएका अंगद सिंहलाई अबिर टिका लागाई अगामि विजयको शुभकामनासमेत समर्थकले दिएका थिए । उने अगामि ३ वर्षमा काठमाडौं–पर्सा गढि चुनावी सरमर्गी बढाउने तयारीमा छन् । उनी शिक्षा,स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासको मुख्य एजेन्डा लिएर चुनावमा आउने बताइएको छ ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

रास्वपाका सभापति लामिछानेको बयान सकियो

वीरगञ्ज (पर्सा), २६ मङ्सिरः पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img