spot_img

वीरगंजमा आँखा पाक्ने रोगको प्रकोप बढदो,बालबालिका बढि पीडित

पढ्न छुटाउनुभयो ?

वीरगंज
अत्यधिक गर्मीको कारण पानीको हाहाकार भइरहेको मध्य तराईको जिल्लामा अर्को समस्य सृजना भएको छ । सर्वसधारणमा आँखा पाक्ने रोग (कन्जक्टिभाइटिस) को प्रकोप यस भेगमा बढेको देखिएको छ । मध्यतराईका जिल्ला पर्सा,बारा,रौतहटसंगै बिहारमा पनि यो समस्या देखिएको नेत्र विशेषज्ञहरुले बताएका छन् । मध्य तराईको सबैभन्दा पुरानो आँखा अस्पताको रुपमा चिनिने केडिया आँखा अस्पताल परवानीपुरका नेत्र विशेषज्ञ डा.नीतिन तुल्स्यानका अनुसार अहिले दैनिक सय जना विरामी मध्ये ४० जनामा यस्तो समस्या भेटिरहेको बताए ।

उनले गर्मीको कारण प्रदुषित पानी एवं प्रदुषित हावाको कारण यो रोगको प्रकोप बढेको बताए । उनले पछिल्लो समय पर्सा,बारा,रौतहट,मकवानपुर,बिहारलगायत ठाउँबाट बालबालिका,युवा,वृद्धवृद्धालगायतमा यस्तो प्रकोप देखिएको उनले बताए । आँखा पाक्ने रोग भन्नाले पुरै आँखा रातो हुने, आँखा चिलाउने,आँखाबाट पानी बग्ने जस्तो यो रोगको लक्षणहरु हुन् । यो रोगबाट बच्न संक्रमितभन्दा टाढा बस्ने,चश्मा लगाउने,सरसफाईमा ध्यान दिने,धुवा,धुलो र प्रदुषित पानी प्रयोगबाट बच्ने,स्वीमिङपुलमा ननुहाउने,संक्रमित बालबालिकालाई विद्यालय वा सार्वजनिक स्थानमा नपठाउने जस्ता सावधानी अपनाउन नेत्र विशेषज्ञको सुझाव छ ।

केडियाँ आँखा अस्पतालका अस्पताल व्यवस्थापक प्रकाशकुमार बर्माले प्रकोपका सर्ने दरलाई घटाउन स्थानीय पालिकाले विद्यालय बन्द गरी सहयोग गर्न पनि अपिल गरेका छन् । उनले विद्यालयमा एक बच्चाबाट अर्को बच्चा र त्यसपछि घरपरिवार हुदै सबै समाजमा यो रोगको संक्रमण फैलिरहेकोले सही समयमा तयारी गरी रोगको प्रकोपलाई नियन्त्रण गर्न उनको आग्रह छ । अहिले वीरगंजको विभिन्न सरकारी र निजि विद्यालयका बालबालिकामा संक्रमण देखिएको छ ।विद्यार्थीमा संक्रमण भएपछि विद्यालयले ती बच्चालाई उपचार गरी मात्रै विद्यालय आउन आग्रह गरेको छ ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img