वीरगंज
पर्सा,विन्दवासिनी गाउँपालिका वडा नं २ गर्दौलमा ढोगहीको बाढिले किसानको धानबालीमा क्षति पु¥याएको छ । गर्दौलका करिब एक दर्जन किसानले साढे ३ विघा क्षेत्रफलमा लगएको धानबालीमा क्षति पुगेको हो । केही दिनदेखि नदिमा आएको बाढिले कुलो फुटाउँदा खेतमा अथाह पानी गएर धानबालीमा क्षति पुगेको गर्दौलका किसान निरन्जन पडित कुम्हालले बताए । उनको साढे ८ कठ्ठामा लगाएको धानबाली बगरमा परिणत भएको बताए । त्यसैगरी,गर्दौलकी सोशिला रौनियारको पनि साढे ३ कठ्ठामा लगाएको धानबाली बाढिको पानीले बगाएर बर्बाद पारेको बताइन् । खेत सिँचाईको लागि ढोगही नदिमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बाँध निर्माण गरी कुलोबाट पानी लगेका थिए । तर नदिमा बाढि आउने संकेत हुदाँहुदै पनि बाँध सही समयमा नकाटेको कारण उक्त क्षति भएको किसानहरुको आरोप छ । किसानले क्षति भएको धानबालीका वास्तविक क्षतिसहित धानबालीको खेत मरम्त गरी किसानलाई दिन पनि माग गरेका छन् ।
यस विषयमा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीसंग बुझ्दा उनले रातिको समयमा बाढि आएकोले समयमा बाध कटान गर्न नसकेको बताउँदै मौसम अनुकुल भएपछि किसानको खेत बनाएर दिने बताए । उनले धानबालीका क्षतिको विषयमा अहिले गाउँपालिकाकाको बोर्डमा छलफल गरी जवाफ दिने बताए ।
ढोगही नदिको बाढिले किसानको साढे ३ विघा धानबालीमा क्षति
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box