मिलनचोक–लालपर्सा सडकको पिच १५ दिनमै उप्कियो, कमसल काम गर्ने ठेकेदारलाई जनताले घेरे

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको मिलनचोक–लालपर्सा सडकखण्डमा कमसल कालोपत्रे गर्ने ठेकेदारको जनताले खोजी शुरु गरेका छन । वीरगंज महानगरपालिकाको वडा नं ३० लालपर्सा र ३१ बेल्वा को क्षेत्रमा पर्ने सो सडकको साढे ७ किलो मिटर लम्बाईको सडकमा करिब २ किमी सडक १५ दिनमै पिच उप्किउपछि सडक खराब भएको हो । गत असार मसान्तको अन्तिम समयमा कमसल कालोपत्रे गरेको कारण अहिले सो भेगका जनता आक्रोशित भएका छन् ।
उक्त सडकमा कालोपत्रे र मरम्त गर्न गत वर्ष संघीय सरकारको भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाले ठेक्का लगाएका थियो । साढे ४ करोडको बजेट रहेको सो ठेक्का बारा,लिपनीमालको शारदा अमित जेभीले मात्र रु २ करोड ९८ लाखमा सकार गरेको थियो । ठेकेदारले जसोतसो काम गरेर करिब २ करोड ७० लाख भुक्तानी पनि पाइसकेको छ । तर मिलनचोकदेखि बेल्वा गाउँ सम्म डेढ किलोमिटर र लालपर्सा गाउँ क्षेत्रमा पनि करिब ५०० मिटर गरी करिब २ किलोमिटर सडक खराब भएपछि अहिले सो भेगका जनता आक्रोशित बनेकका हुन् ।
वीरगंज–३१ बेल्वाका बासिन्दा कलाम अख्तरका अनुसार ठेकेदारले कमसल काम गरेकोले आफुहरु विरोध जनाएको बताए । यता,केही सञ्चार माध्यममा पर्सा क्षेत्र न. १ का सांसद प्रदिप यादवको नाम पनि उक्त सडकको कामसंग जोडिएर आइरहेकोले उनी चासो व्यक्त गरेका छन् ।

यस विषयमा उनका स्वकीय सचिव निखिल वर्णवालले सांसद यादवलाई बदनाम गर्न खोजिएको दावी गरे । सांसद यादवकै पहलमा उक्त सडक कालोपत्रे गर्ने बजेट आएको र उनी मात्र सडकको शिलान्यास गरेको तर बाँकी सबै काम सडक डिभिजन कार्यालय हेटौडा र ठेकेदारको जिम्मेवारीको भएको कारण उनको कुनै दोष नरहेको उनले दावी गरे । कमसल पिच भएको सडकसंग सांसद यादवको नाम जोडिए आएपछि सडक अनुगमनको लागि नियामक निकायसंग अनगुमनको लागि आग्रह गरेका थिए ।
नियामक निकाय सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर गिरिशनन्दन पोरस र ठेकेदार कम्पनीका सञ्चालक जितेन्द्रप्रसाद साहलाई सडक अनुगमनको लागि पठाएका थिए । पिच अनुगमन गर्न पुगेका ठेकेदार र इन्जिनियरलाई केही बेर जनताले घेरेका पनि थिए । ठेकेदार कम्पनी शारदा अमित जेभीका संचालक साहले पिच गर्ने वेलामा पानी परेको एवं केहि प्राविधिक गडबडीको कारण कालोपत्रे उप्किएको स्वीकार गर्दै अगामि २० दिनमा सडक पुनः कालोपत्रे गरेर दिने प्रतिबद्धता जनाएपछि ठेकेदारलाई जनताले छाडेका थिए । जनताले कमसल काम गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेका छन् । यस विषयमा सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर पोरसले सञ्चारकर्मीसंग छोटो प्रतिक्रिया दिदै भने,‘ ठेकेदारलाई कमसल काम गनेृ कुनै छुट छैन,यदि गुणस्तरयुक्त काम भएन भने कारवाही गर्छौ,सबै धरौटी पनि जफत गर्छौ ।’

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर