वीरगंज
बारा र पर्सा गरी २ जनाको शव फेला परेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटी घर भई हाल बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्दै आएका अन्दाजी ४० वर्षीय पन्नालाल साह मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनी गएरातीदेखि सम्पर्क बिहिन रहेकोमा विहीवार बिहान दशगाजा क्षेत्रमा शव भेटिएको हो । उनको शरिरभरी हिलैहिलो लागेको भएपनि शब फेला परेको स्थाानमा भने हिलो नरहेको प्रहरी चौकी मुसहर्वाका प्रहरी नायब निरीक्षक (सई) बसन्त थापाले बताए । साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी,पर्सामा पनि एक जना मृत अवस्थामा भेटिएका छन् । वीरगंज महानगरपालिका–१६ स्थित माईदिया पोखरीमा डुबेको अवस्थामा एक जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रक्सौलका बासिन्दा ३२ वर्षीय अनिल कुमार खेतानको शब बिहिवार बिहान १० बजे स्थानीयले पोखरियामा तैरिँदै गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात प्रहरीले उक्त शबलाई निकालेर मुचुल्का उठाइएको छ भने शबलाई पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको छ ।
दुबै शवको प्रकृति हेर्दा शंकास्पद देखिएको स्थानिय प्रत्यक्षदर्शीहरुको भनाई छ । घटनाको बिषयमा बारा एवं पर्साले प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार मृतक खेतान पहिला व्यापारी रहेको भएपनि पछिल्लो समय घरमै वस्दै आएका थिए । उनी मंगलवारदेखि परिवारबाट सम्पर्क बिहिन भएका थिए । मृतक खेतानको शरिरमा कुनै किसिमको चोकपटक नदेखिएको प्रहरी उपरीक्षक शाहले बताए । शवको पोष्टमार्टम गरिने काम भइरहेको वताउँदै उनले पोष्टमार्टमको रिर्पोट आएपछि थप कुरा खुल्ने बताए । घटनाको सुक्ष्म तरिकाबाट अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहको भनाई छ ।
बारा–पर्सामा दुई जनाको शव बरामद
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box