spot_img

spot_img

नारायणी सिंचाइको प्रमुखको कारण गण्डक नहरमा पानी आएन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ साउन ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय गण्डक, वीरगंजका प्रमुख मनोरञ्जन सिंहको उदासीनताका कारण अहिले पर्सा, बाराका हजारौं किसान समस्यामा परेका छन्।

सिंह कार्यालयमा नियमित नआउने गरेको कारणले गण्डक नहरमा पानी ल्याउने विषयमा सक्रियता नदेखाएको किसानहरूको गुनासो छ। असार १५ गतेदेखि धानबालीको लागि पानी ल्याउने नेपाल–भारत सरकारबीच सम्झौता भएको छ। तर एक महीना बित्दा पनि गण्डक नहरमा पानी देखिंदैन। अहिले भारतीय पक्षले ४२१ क्युसेक पानी छोडिरहेको छ। जबकि भारत सरकारको रामनगरमा रहेको दोन नहर शाखा कार्यालयले ८५० क्युसेक पानी छोड्नुपर्ने हो।

सम्झौता भएको पानीभन्दा झन्डै आधा पानी भारतले एक महीनादेखि दिइरहेको छ। तर पानीको परिमाण बढउने वा नियमित पानी कसरी ल्याउने विषयमा कार्यालयले खासै पहल नगरेको र भारतीय पक्षलाई कडाइ नगरेको कारणले गर्दा किसानले धान रोपाइँको बेला पनि पानी पाएका छैनन्।

गण्डक नहर पर्साको जानकीटोलादेखि बारा हुँदै रौतहटको बागमती नदीसम्म फैलिएको छ। यो नहरको लम्बाइ ८१ किलोमिटर छ। भैसालोटनस्थित नारायणी नदीमा बाँध बाँधेर ड्याम बनाई त्यहाँबाट रामनगरसम्म एउटा नहर ल्याइएको छ। उक्त नहरबाट रामनगरसम्म २५ सय क्युसेक पानी आउने गर्दछ। रामनगरबाट भारतको लागि एउटा नहर र नेपालको पर्सा, बारा रौतहटका किसानको लागि गण्डक नहर गरी दुईवटा नहरमा उक्त पानी प्रवाह हुन्छ।

नेपाल कार्यालयका डिभिजनल प्रमुख र इन्जिनीयरहरूले चासो नदिंदा रामनगरबाट वितरण हुने गण्डक नहरको पानीको परिमाण घटाएर भारतीय नहरमा नियमित र बढी पानी पठाउने चलखेल हुने गरेको छ। जसको कारण गर्दा गण्डक नहरमा कम पानी आएको बुझिएको छ। कार्यालय प्रमुख सिंह महीनामा पाँच दिन कार्यालय आउँछन् भने अधिकांश काठमाडौं र सप्तरी गृह जिल्ला बस्ने गरेकाले कार्यालयमा नियमित उपस्थिति नभएको बुझिएको छ।

यस विषयमा सो कार्यालयका सूचना अधिकारी एवं इन्जिनीयर सुरेश साहले हाकिम साहेब अफिसकै कामले बाहिर गएको पुष्टि गर्दै गण्डक नहरमा पानी ल्याउने विषयमा आफूहरूले पहल गरेको दाबी गरे।

उनले दोन नहर कार्यालय रामनगरमा भएर पानी वितरणको साप्ताहिक विवरण माग गरेकोमा यसमा केही थपघट देखिएको र पानी कम उपलब्ध गराएकोमा भारतीय पक्ष्Fको प्राविधिकहरूलाई कारबाईको लागि नेपालको सम्बन्धित कार्यालयमा पत्र लेखी जानकारी गराउने उनले बताए।

उनका अनुसार गण्डक नहरमा आइरहेको पानी अहिले बाराको ११ नम्बर ब्लकसम्म मात्र पुगेको चर्चा गर्दै सातामा तीन दिन पर्सा र तीन बारा र एक ट्राभल डिस्टान्सको लागि सात दिन छुट्याएकोमा सोही अनुसार पानी वितरण भइरहेको बताए।

भारतले नै पानी छोड्ने र बन्द गर्ने साँचो राख्ने भएकोले नेपाली किसान मर्कामा परेको उनले बताए। गण्डक नहरमा कम पानी आउँदा ठाउँठाउँमा अहिले किसानहरूले रातिको समयमा केवाडा (गेट) खोलेर आफ्नो खेततिर पर्ने पैनी, एवं शाखा नहरमा पानी चोरेर लगिरहेको पनि उनले बताए। अब स्थानीय र प्रहरी प्रशासनको सहकार्यमा व्यवस्थितरूपमा पानी वितरण गर्ने उनले बताए।

Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर