वीरगंज, १० साउन । वीरगंजमा एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज–१६ नगवाका ३० वर्षीय रौनककुमार वर्णवाल रहेका छन् ।
वर्णवालको आइतवारदेखि मंगलबार सम्म नेशनल मेडिकलमा अचेत अवस्थामा उपचार भएको थियो । उनलाई उपचारको क्रममा हिजो बेलुका नेशनल मेडिकल कलेजका चिकित्सकहरुले मृत घोषित गरेका थिए । गत आइतवार बिहान ८ बजे पति–पत्नी मात्र भएको बेला आत्महत्याको प्रयास गरेका थिए । त्यसपछि उनका पत्नी प्रङ्किता वर्णवाल र उनको साला प्रयुक्त वर्णवाल दुवै मिलेर गोप्य रुपमा अस्पताल पु-याएका थिए । मृतक वर्णवालका बुबा र आफन्तजन घरमा पुग्दा हत्या गरी अस्पताल लगिरहेको अवस्थामा देखेपछि सो घटनामा रौनकले आत्महत्या नगरी उनको सुनियोजित हत्या गरिएको हुनसक्ने रौनकका दाइ रविकुमार वर्णवालले आरोप लगाएका छन् ।
नारायणी अस्पतालको पोस्टमार्टम गर्ने स्थलनजीकै जम्मा भएका व्यक्तिहरु
रौनकको दाहिने आँखा, चिउँडो र खुट्टामा चोटपटक लागेको छ । पासो लगाएर आत्महत्या गरेको प्रंकिताले बताइन् । झुन्डिरहेको अवस्था लाश उतार्न र अन्य अनुसन्धानको क्रममा प्रहरी र स्थानीयलाई खबर नगरेको कारण घटना शङ्कास्पद भएको रौनकका दाइको भनाइ छ ।
वीरगंज–६ माईस्थानकी प्रंकितासँग १५ महीना पहिले विवाह भएको थियो । रौनक हिमालयन इन्स्योरेन्सको वीरगंज शाखामा अपरेशन हेडमा कार्यरत थिए । शरीरको पोस्टमार्टम गरी सदगतको लागि परिवारको जिम्मा लगाइएको छ ।
जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।