वीरगंज ८ साउन/
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले किसानको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।
सोमवार सोमवार जीराभवानी गाउँपालिका–१ मा सामुदायिक भवनको उदघाटन गर्दै उनले अहिलेको परिस्थितिमा किसानहरुले निकै दुःख भोगिरहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताको सेवा अहोरात्र गरिरहने बताए ।
मन्त्री रिजालले यस भेगका जनताको समस्याहरूको तथ्याङ्क सङ्कलन गरी सरकारमार्फत समाधानको उपाय खोजिने बताए ।
गापाध्यक्ष अनोज चौधरीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रदेश सांसद शङ्कर प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।