spot_img

वीरगंज–१ का बासिन्दाद्वारा वडाध्यक्षको आलोचना

वीरगंज, ८ साउन ।

वीरगंज महानगरपालिका–१ मा स्थानीयवासीले वडा भेला गरी वडाध्यक्ष मनोज राउत कुर्मीसँग पानीको माग गरेका छन् ।

सोमवार वडा भेलामा उपस्थित भएका स्थानीयले वडाध्यक्ष्Fमाथि विभिन्न आरोप लगाउँदै वडावासीको समस्या समाधान गर्न आग्रह गरेका थिए । वडाध्यक्षले वडावासीको फोन नउठाउने र समस्या समाधान गर्न कुनै पहल गर्न नखोजेको वडा भेलामा स्थानीयले आरोप लगाएका थिए ।

वडावासीले सशस्त्र प्रहरीको बिओपी निर्माणको लागि जमीन दिनुपर्ने माग गरेका छन् । यस्तै वडा नं १ मा सांगुरो बाटो भएको कारण वीरगंज महानगरपालिकाले दमकलमार्फत वितरण गर्ने पानी पाउन नसकिएको बताएका थिए । सो वडामा अहिले चरम पानीको अभाव भएको कारण वडावासीले अन्य वडाबाट खाना पकाउने पानी ल्याउने गरेका छन् ।

भेलामा वडा सदस्यले पानीको समस्या समाधान गर्न ठाउँ–ठाउँ २० हजार लिटरको पानीटंकी राख्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img