spot_img

सोलखपुर माविमा स्काउटको दीक्षान्त समारोह

वीरगंज
वीरगंज–३१ बेल्वाको नेपाल राष्ट्रिय अधारभूत माध्यमिक विद्यालयमा स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । सोलखपुर माविको सहयोग एवं स्काउट वीरगंज महानगरको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगंजका नगरप्रमुख राजेशमान सिंह,उपप्रमुख इम्तियाज आलम,शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले संयुक्तमा सोलखपुर माविका ३२–३२ नजा छात्रछात्रा गरी ६४ जना विद्यार्थीलाई दीक्षान्त गराएका थिए । स्काउट वीरगंज एवं पर्साका अध्यक्ष राजन जोशीको अध्यक्षतामा एवं स्काउटका श्याम केसीको सहजीकरणमा सम्पन्न कार्यक्रममा सास्कृतिक कार्यक्रमम एवं क्याम्प फायर समेत गरी दीक्षान्त सामारोह मनाइएको थियो । २०११ सालमा स्थापना भएको सो विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् भने हाल कक्षा १२ सम्म अध्यापन हुदै आएको छ भने सिटिइभिटिइको कार्यक्रम पनि सञ्चालन भइरहेको विद्यालयका प्रअ राजु मालीले जनाए । स्काउटले विद्यार्थीको अनुसाशन,संस्कार र व्यवहारमा सुदृढिकरण गर्ने भएकोले त्यसमा विद्यार्थीहरु सक्रिय भएर लाग्न सेमत समारोहका वक्ताहरुले सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img