वीरगंज
पर्साको धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिने दूग्धेश्वर महादेव मन्दिरमा साउन एक गतेदेखि औपचारिक रुपमा मेला शुभारम्भ भएको छ । यस वर्ष दुई मासको साउन लागे तापनि प्रारम्भिक चरणमा पर्सा राष्ट्रिय निकुञ्जले एक महीनाको मात्र मन्दिर प्रवेश एवं दर्शनको लागि मेला लगाउन स्वीकृति दिएको निकुञ्जका प्रमुख संरक्ष्ँण अधिकृत अशोक रामले बताए । श्रद्धालुहरुको भीडभाड लागिरह्यो र मेला दुई महीना लम्बिने अवस्था देखिएमा स्वीकृतिको एक महीनाको समयावधिलाई दुई महीना गर्ने सोच रहेको बताए । पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा पर्ने भएकोले साउन, वैशाख, माघ गरी तीनपटक उक्त शिव मन्दिरको प्रवेश निश्शुल्क गर्ने गरिएको छ र सोही समयमा रामभौरीभाथामा मेला लाग्ने गरेको मेला समितिका अध्यक्ष गगनदेव पटेलले बताए ।
उनका अनुसार मेलामा सोमवार, शुक्रवार र शनिवार गरी तीन दिन बढी भीड हुने गरेको र अन्य दिन सामान्य भीड रहने गरेको बताए । मन्दिर निर्माण समितिका अध्यक्ष्ँ अलखदेवप्रसाद चौधरीका अनुसार पोहोर मन्दिर दर्शनको लागि चढ्ने र उत्रिने एउटै भ¥याङ रहेकोमा यस वर्ष चढ्ने र ओर्लिने दुईवटा बाटो बनाइएको कारण मन्दिर दर्शनमा सहजता प्रदान हुने बताए । ५० हजारभन्दा बढीको सोमवारका दिन मात्रै सहभागिता हुने मेलामा मन्दिरमा दिनकै एक लाखभन्दा बढीको भेटी चढ्ने गरेको र सोही भेटीको रकमबाट मन्दिरको पूर्वाधार, बाटो, धर्मशाला, पूजारी व्यवस्थापनलगायको खर्च बेहोर्ने गरिएको मेला समितिले जनाएको छ ।
साउनमा लाग्ने मेलाको हरेक सोमवारका दिन आप्mनो व्यक्तिगत खर्च एवं सामूहिक चन्दाबाट उठाएको खाद्यान्नले मन्दिर दर्शनका लागि जाने श्रद्धालु भक्तजनको लागि भोजन (भण्डारा) चल्ने गरेको पनि बुझिएको छ । विन्ध्यवासिनीका शिवपूजन कलवार, वीरगंज आदर्शनगरका शारदाशङ्कर कलवार, वीरगंज–१ बजार छपकैयाका शिवजी गुप्तालगायतको समूहले उक्त निश्शुल्क भोजन (भण्डारा) चलाउने गरेको बुझिएको छ ।
मेला व्यवस्थापनको लागि मेला समिति र निर्माण समितिले पटेर्वासुगौली गाउँपालिका–१ सोनवर्षादेखि करीब ११ किलोमिटर दूरीमा रहेको मन्दिर परिसरसम्मै पक्की बाटो निर्माण गर्नुपर्ने आवश्यक रहेको बताएको छ । साथै उचित खानेपानी एवं बिजुली, चर्पीसहितको सुविधासम्पन्न धर्मशालालगायतको भौतिक संरचना निर्माण गर्दा उक्त स्थानमा आवागमन सहज हुने आशा रहेको छ । तर निकुञ्ज प्रशासनले सो क्ष्ँेत्रमा पक्की काम गर्न र मेला लगाउँदा वन्यजन्तुको वासस्थानमा खलल पुग्ने भएकोले निर्माण एवं मेला समितिको कामलाई नियन्त्रण गर्दै आएको छ । भाथा खोलाको पानी खाएपछि पाचन प्रणाली तेज हुने श्रद्धालु भक्तजनहरुको आम बुझाइ भएकोले उक्त मेलामा दाल, भात, तरकारी, खाजा, जूसलगायत सबै त्यही खोलाको पानीबाट श्रद्धालु भक्तजनहरु पिउने र उपयोग गर्ने गरेका छन् । उक्त मेलामा तीन सयदेखि पाँच सय पसलहरुको कारोबार चल्ने गरेको छ ।
पर्सा निकञ्ज भित्र भाथा मेला शुरु
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box