दुबइमा मासिक १५ लाख कमाउने पर्साका इन्जीनियर

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपालमा रोजगारी पाइँदैन भन्ने सोचले गर्दा आजकलका तन्नेरीहरु नागरिकता र पासपोर्ट बनाउँदै भटाभट वैदेशिक रोजगारको लागि गइरहेका छन् । कोही खाडी मुलुक, कोही युरोप तर भाग्य कसै–कसैको मात्र चम्किने गरेको छ । वैदेशिक रोजगारमा गएका नेपालीमध्ये भाग्य चम्केका एकजना युवक हुन्,पर्साका अफजल हुसेन । सखुवाप्रसौनी गाउँपालिका–३ कटैया देउरवानाका ५० वर्षीय अफजल हाल २२ वर्षदेखि वैदेशिक रोजगारमा छन् । २२ वर्षको अवधिमा हालसम्म ३५ देखि ४० करोडसम्म सम्पत्ति आर्जन गरेको उनको भनाइ छ ।
पेशाले मेकानिकल इन्जिनीयर अफजल हाल जर्मनी कम्पनी सिमेन्सको दुबइस्थित शाखामा सिनियर एक्सपर्टको रुपमा कार्यरत छन् । ग्यास टर्बाइनको मेशिन उत्पादन गर्ने कारखानाका विज्ञको रुपमा चिनिने अफजल जर्मनीको बर्लिनमा रहेको मुख्यालयले एशिया र युरोपलगायत विभिन्न देशमा पठाउने गर्छ । कम्पनीलाई जहाँ–जहाँ उनको आवश्यकता महसूस हुन्छ उनी गएर समस्या समाधान गर्छन् र फेरि दुबइ फर्किन्छन् ।
त्यही अफजल एक महीनाको बिदामा नेपाल आएका छन् । बकरीद मनाउन नेपाल आएका अफजलले वैदेशिक रोजगारले भाग्य चम्केको तर यसमा निकै चुनौती र जोखिम रहेकोसमेत औंल्याए । मध्यम वर्गको किसानको छोराले आज करोडौंको सम्पत्ति आर्जन गर्दा गर्व लागे तापनि नेपाली दाजुभाइहरुको विदेशमा चुहाइरहेको पसिना देखेर कहिलेकाहिं रुन मन लाग्ने गरेको पनि बताए । विना सीप र विज्ञतावेगर विदेश जानु हुँदैन । लेबरको रुपमा गयो भने कुनै मूल्य छैन । दाल,भात, तरकारी परिवारलाई खुवाएर मात्र विदेशबाट फर्किन्छन् ।
२०२९ सालमा जन्मेका अफजल कक्षा तीनसम्मको पढाइ कटेया प्रँविबाट गरेका थिए भने कक्ष्ाँ ९ सम्मको अध्ययन औराहा मावि श्रीपुर पचगावाँबाट सकेर २०४६ सालमा पोखरिया माविबाट एसएलसी दिएका थिए । २०५० सालमा ठाकुर राम बहुमुखी क्याम्पसबाट आइएस्सी पढेर इन्जिनीयरिङ पढ्न काठमाडौं चहार्न थाले तर बुबासँग पर्याप्त पढाइको खर्च नभएको कारणले गर्दा उनी स्नातक इन्जिनीयरको पढाइ केही समय गर्न सकेनन् ।

काश्मिरी मस्जिदमा पाकिस्तानी एम्बेसीका केही अधिकारीसँग चिनजान भएपछि एउटा सिट खाली थियो । सोही सिटमा उनलाई पूर्ण छात्रवृत्तिमा मेकानिकल इन्जिनीयरिङ पढ्न पाकिस्तानको कराँची पठाइयो । एनइडी युनिभर्सिटी, कराँचीबाट सन् १९९९ मा मेकानिकल इन्जिनीयरिङ पास गरेर उनी नेपाल फर्किए । गोल्छा अर्गनाइजेशनको नितनपुरमा रहेको हुलास प्लाइवुडमा मासिक चार हजारमा १० महीना काम गरेर उनले राजीनामा दिए ।
त्यसपछि पैसा कमाउने धोको उनको थियो । अब त विदेश जानुपर्छ भन्ने मनसायका साथ काठमाडौंको मेनपावरहरु चहार्न थाले । डेढ वर्षको अवधिमा कति जोर चप्पल खिइयो तर जागीर पाएनन् । सन् २००१ को अगस्टमा उनले साउदीमा एउटा कम्पनीमा जागीर पाए र नेपालबाट साउदी अरब उडे । त्यतिबेला उनको साउदीको रु १५ सय तलब थियो । जुन नेपालको लागि ३५ देखि ४० हजार हुन्थ्यो । त्यसपछि उनलाई विश्वास हुन थाल्यो, अब म ठीक बाटोमा छु । पहिले इन्जिनीयरको हुलासमा गरिरहेको काम छोड्दा पागल भन्नेहरुले प्रशंसा गर्न थाले ।

सन् २००४ मा उनी कतार गए, छ महीना त्यहाँ काम गरे । त्यसपछि दुबइमा सिमेन्स कम्पनीमा आबद्ध भए । हालसम्म त्यही इलेक्ट्रोनिक मेकानिकल कम्पनीमा सिनियर इन्जिनीयर एवं विज्ञको रुपमा कार्यरत छन् । हाल उनको पारिश्रमिक मासिक ३५ देखि ४० हजार दिराम रहेको छ । उनले गाउँमा १४ बिघा खेत, १० कट्ठा घडेरी, वीरगंज, लिङ्करोड, बसपार्कमा मायालु होटलको भवन, मुर्लीमा चारतले घर, नेशनल मेडिकल कलेज नजीक ३३ धुर घडेरी, सिक्स लेनमा सवा कट्ठा जग्गा, जगरनाथपुरनजीक सवा चार कट्ठा जग्गा, नितनपुरमा साढे पाँच कट्ठा जग्गामा कारखाना भाडामा लिएको , जीतपुरमा साढे आठ कट्ठा, काठमाडौंमा साढे पाँच आना र तीन करोडको घर गरी थुप्रै सम्पत्ति आर्जन गरेको उनले बताए । उनी जीवनमा जबसम्म रिस्क र केही पाउनको लागि केही गुमाउने दृढ इच्छाशक्तिसहित विश्वास भएन भने जीवनमा केही गर्न सकिंदैन र सपना हेरिन्छ पूरा गर्न कै लागि विश्वासका साथ युवालाई अगाडि बढ्न सुझाव दिन्छन् ।

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर