spot_img

spot_img

वीरगंजको खानेपानीको समस्या लिएर सांसद यादव पुगे प्रम कहाँ

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज र यस आसपासका क्षेत्रमा केहीदिन यता चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगंजमा निम्तिएको खानेपानीको भयावह स्थिति बारे ध्यानाकर्षण गराएका हुन् ।
त्यस क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले वीरगंज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीको लागि समेत भयावह स्थिति उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । वीरगंजमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उनले प्रधानमन्त्री प्रचण्डसँग आग्रह पनि गरे ।
लगत्तै प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमा बोलाएर वीरगंजमा देखिएको पानीको समस्या समाधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनअनुसार खानेपानी मन्त्री यादवले पनि वीरगंजमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए । जनस्तरको आवाज सरकारसम्म पु¥याउन सांसद यादवले समय समयमा अबाज उठाउँदै आएका छन् । केही दिन अगाडि मात्रै उनले पर्सा र मधेश प्रदेशका कृषकहरूले भोगिरहेको समस्याको बारेमा संसद्लाई जानकारी गराउँदै सिँचाइको व्यवस्थापन गर्न माग गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर