spot_img
spot_img

वीरगंजको अलौमा १६ शैय्याको अस्पताल निर्माण शुरु,बजेट १ करोड २० लाख

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज महानगरपालिकाको वडा १७ अलौँमा १६ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । महानगरका मेयर राजेशमान सिंहको उपस्थितिमा वडाअध्यक्ष सन्जिबबहादुर क्षेत्रीले मंगलबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरे । महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने १७ नम्वर वडामा अस्पताल बनाउन लागिएको मेयर सिंहले बताए । ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञ सेवा दिन सुरु गरिने भन्दै उनले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताए । वडा नम्वर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो । १ करोड २० लाख रुपैयाँमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिए । अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुनेछ ।

Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर