वडाध्यक्ष गुप्ताको निजी खर्चमा ३१५ जना देवघाट तीर्थ यात्रामा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ असार । वीरगंज महानगरपालिका–१२ का वडाध्यक्ष्F सुरेशप्रसाद गुप्ताको निजी खर्चमा मुर्लीका ३१५ जना स्थानीय आइतवार तीर्थ यात्राको लागि देवघाट प्रस्थान गरेका छन् ।
वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उद्देश्यले स्थानीयहरू त्यस्तर्फ प्रस्थान गरेका हुन् ।
वडाध्यक्ष्F गुप्ताले भने, देवघाट जाने ईच्छा भएर पनि आर्थिक अभावका कारण तीर्थयात्रामा जान नपाएकाहरुलाई धार्मिक स्थल देवघाट लैजान आवश्यक सबै व्यवस्था मिलाएर पठाएको बताए । उनले तीर्थ यात्राका लागी ८ वटा बसको व्यवस्था मिलाइएको बताए । उहाँहरू देवघाट पुगेर त्यहाँबाट जल लिएर आजै वीरगंज फर्किनुहुने तालिका रहेको गुप्ताले बताए । देवघाटबाट जलबोझी काँवरिया लिएर आउने तिर्थालुहरूलाई आज वीरगंजमै बासको व्यवस्था मिलाइएको र भोली साउने सोमवारको दिन पहिले वीरगंजको चिनिमिल आवासक्षेत्र स्थित पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने र त्यसपछि वीरगंजको मूर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम रहेको उनले बताए ।
तीर्थयात्रीहरुले पनि वडाध्यक्षको उक्त कदमप्रति खुशी व्यक्त गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर