spot_img

spot_img

गादीमाई साझेदारी वन व्यवस्थापन समूहको निर्वाचन सम्पन्न

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, २७ असार । पर्साको डिभिजन वन कार्यालय मातहत रहेको गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारणसभा अन्तर्गत आज निर्वाचन सम्पन्न भएको छ ।
कूल २५९ मतदाता रहेको समूहको निर्वाचन अपराह्न साढे तीन बजे सम्पन्न भएको हो । प्रमुख निर्वाचन अधिकृत एवं बार एशोसिएशन पर्साका एकाइ अध्यक्ष कमलमोहन पोखरेलका अनुसार मध्यान्ह्न सवा १२ बजेदेखि साढे तीन बजेसम्म चलेको मतदानमा २५२ जनाले मतदान गरेका छन् ।
जीराभवानी गापा–२ वसन्तपुरस्थित सबडिभिजन कार्यालय वसन्तपुरमा भइरहेको निर्वाचन कार्यक्रमको नतीजा आजै साँझ आउने बताइएको छ ।
यस साझेदारी अन्तर्गत सखुवाप्रसौनी गापा–४, पोखरिया नपाको २ र ३, पकाहामैनपुरको ३,४,५, जीराभवानी, पटेर्वासुगौली, छिपहरमाई, कालिकामाई, धोबिनीको पाँच–पाँचवटा वडा र जगरनाथपुरको छ वटा वडा गरी कूल ३७ वटा वडा पर्दछन् ।
एउटा वडामा दुई महिलासहित सातजना सदस्य (प्रतिनिधि) रहने व्यवस्था छ । ३७ वटा वडामा कूल २५९ वटा सदस्य अर्थात् मतदाता छन् । यसमा समूहको एकजना अध्यक्ष र १३ जना सदस्य गरी १४ वटा पदको लागि चुनाव भएको हो । जसमा अध्यक्षमा सहरम राउत गद्दी, कृष्णमोहनप्रसाद यादवबीच प्रतिस्पर्धा भइरहेको छ । अब केही बेरमा मतगणना शुरु हुने र राति ८ बजेतिर नतीजा आउने बताइएको छ ।
Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर