खानेपानीको अभाव टार्न बोरिङ जडान

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–१० मा खानेपानीको बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडा नं १० को वडा स्तरीय बजेटबाट वडा अध्यक्ष सुशील साह कानुले जडान उक्त बोरिङ जडान गराएका हुन । वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि उक्त वडाका स्थानीय धेरै नै पीडित भएका थिए ।
लगभग १०० घरधुरीका जनता खाने पानीको विकराल समस्या रहेको थियो । टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट मुक्त भएपछी स्थानिय खुशि भएका छ । बोरिङ हलाउने सात दिन देखि मिस्त्री लागेपनी पानी नआएको ले गर्दा वडा अध्यक्ष सुशील साह कानुले दवाव दिइ काम गराएका थिए । आफ्नो वडा कोही पनि जनतालाई खानेपानीको अभाव हुन नदिने उहाले बताए । दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडाका जनता सचेत हुन आग्रह समेत उनले गरे । यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए । उनी समाज को बिकाशका लागि लागि परेको बताए ।

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर