spot_img

spot_img

बाराको तामागढी–सिम्रौनगढ सडकको मुआब्जाका लागि १० करोड बजेट विनियोजन

पढ्न छुटाउनुभयो ?

वीरगंज
बाराको तामागढी–सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले रु १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको पहलमा सरकारले सो रकम बिनियोजन गरेको हो । सांसद मैनालीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा हुलाकी राजमार्ग योजना कार्यालय पर्सा वीरगंजमार्फत वितरण गर्ने गरी रकम विनियोजन भएको छ ।
हुलाकी मार्गअन्तर्गत आयोजनाले अधिग्रहण गरेको जमिनको मुअब्जा लामो समयदेखि जग्गाधनीले नपाएको भन्दै मैनालीले प्रतिनिधि सभा बैठकमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा भएको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत पीडितले पाउनुपर्ने मुआब्जाको विषयमा प्रश्न गरेका थिए । त्यसैगरी २०८०÷८१ को बजेट निर्माणको क्रममा समेत सांसद मैनालीले मुआब्जा वितरणको लागि बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा समेत पत्राचार गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर