वीरगंज
सशस्त्र प्रहरीले वीरगंजबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजको चेकप्वाइन्ट टोलीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वाजितपुर पोष्ट पञ्चायत ४ बस्ने ३७ वर्षीय राकेश जयसवाल रहेका छन् । विशेष सूचनाको आधारमा भन्सार मुल गेटस्थित चेकप्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० नम्बरको स्कुटर चेकजाँचको क्रममा उक्त रकम फेला परेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामजंग पाण्डेले जानकारी दिए ।
जैसवालले चलाएको स्कुटरको डिकीबाट स्रोत नखुलेको ४ लाख रकम बरामद गरिएको हो । बरामद गरिएको रकम र एक लाख पाँच हजार रुपैयाँ मूल्यांकन गरिएको स्कुटरलाई थप अनुसन्धान एवं कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको डिएसपी पाण्डेले बताए ।
स्रोत नखुलेको ४ लाखसहित जैसवाल पक्राउ
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box