मेडिकल कलेजमा मृत्यु भएकी महिलाको उपचारमा लापारवाही भएकाको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा उपचारको क्रममा आज विहान एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार,चनपटिया,दुमदुमवा स्थायी घर भई हाल वीरगंज–२ छपकैयामा डेरा गरी बस्दै आएकी ३५ वर्षिया राजविन्दी देवी रहेकी छन् । उनको उपचारमा नेशनल मेडिकल कलेजका सर्जन डा.शाहिद आलम र अस्पताल व्यवस्थापन पक्षले लापारवाही गरेको मृतक पक्षले आरोप लगाएको छ ।
मृतक राजविन्दीका पति महादेव दासले उपचारको क्रममा चारम लापारवाही भएको आरोप लगाए । एपेन्डिक्सको अप्रेशन गराएको १० दिन भित्र राजविन्दीको मृत्यु हुनुमा चिकित्सक र अस्पतालको लापारवाही गरेको बताए । उनको उपचारमा करिब डेढ लाख रुपैया पनि खर्च हुनु र राजविन्दीलाई ज्यान जानुले सबै परिवारजन स्तब्ध भएको उनले दुखेसो पोखे । गत असार १२ गते राजविन्दीको अचानक पेट दुख्दा डा.आलमको शुभलाम क्लिनिक विर्तामा भर्ना गरिएको थियो । जाँचमा एपेन्डिक्स रोग पत्ता लाग्यो । तत्कालै अप्रेशन गर्न डाक्टर आलमले सुझाए । त्यसपछि सोही क्लिनिकमा डा. आलमले एपेन्डिक्सको शल्यक्रिया उनले गरे । उनलाई गत असार १९ गते क्लिनिकबाट डिस्चार्ज गरिएको थियो ।
तर घर लैजादा अचानक हात खुट्टा चिसो भएर राजविन्दी अचेत भएपछि फेरी थप उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरियो । त्यहाँ डा.अरुणकुमार कर्णले हेर्दा राजविन्दीको अवस्था जटिल भएको थाहा पाएपछि एपेन्डिक्सको शल्यक्रिया गर्ने चिकित्सककै परामर्शमा उपचार गराउन सुझाव दिए । नारायणीको दुई दिनको उपचारपछि नेशनल मेडिकल कलेज वीरगंजमा राजविन्दीलाई ल्याइयो । विहीवार मेडिकल कलेजमा भर्ना भएकी राजबिन्दी साझ ठिक रहेको तर शुक्रवार विहान ४ बजे शौचालय गएर बेडमा आएर सुतिन । संघन उपचार कक्षमा उपचार गराइरहेकी राजविन्दीलाई विहान ६ बजे एक जना नर्सले औषधी खुवाउन जगाउन जाँदा उनी नउठेपछि अस्पतालमा खैलाबैला मच्यो ।चिकित्सकहरुको टोली विभिन्न प्रयास गर्दा समेत उनलाई बचाउन नसकिएको बताइएको छ ।
मृतक विरामी पक्षले शल्यक्रियामा चिकित्सकीय प्रकृयामा लापारवाही भएकोले उनको अवस्था सुधार नभई मृत्युको मुखमा गएको आरोप लगाएका छन् भने चिकित्सकले हर्ट अटेकको कारण उनको मृत्यु भएको जवाफ दिएका छन् ।
शल्यक्रियापछि पेटको घाउ विग्रे्र पस जम्मा भई संक्रमण बढदा मृत्यु भएको पति महादेव दासको आरोप छ । यस विषयमा नेशनल मेडिकल कलेजका सर्जन डा. आलमसंग बुझ्दा अचानक आएको हर्ट अटेक(कार्डियक अरेस्ट)को कारण मृत्यु भएको वा रक्त नलीहरुमा रगत जमेर ‘पुलमोनरी इम्बोलिज्म’ भएर राजबिन्दीको मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । ‘यकिनसाथ भन्ने अवस्था छैन,अचानक के भयो,मेरो १५ वर्षे क्यारियरमा यो पहिलो घटनामा विरामीको अचानक मृत्यु भएको छ,विरामीको सबै अवस्था ठिक थियो,आज डिस्चार्ज गरी घर पठाउने तयारी गरेका थियौं’ शल्यक्रिया गर्ने डाक्टर आलमले भने,‘राजविन्दीलाई अचानक स्वास्थ्यमा गडबडी आएर कार्डियक अरेस्टले उनको मृत्यु भएको हुन सक्ने सम्भावना प्रबल छ ।’ नारायणी अस्पतालका डाक्टर कर्णले विरामीको शल्यक्रिया गरिएको ठाउँमा पिप(पस) जमेको र तत्काल त्यो पिप निकाल्नु पर्छ भनेका थिए,त्यो नकिालेपछि अवस्था विग्रेको तर डा आलमले पिप २० एमएल मात्रै थियो,औषधीबाट निको हुन्छ भनी मेडिकलमा भर्ना गरी उपचार गरिरहेका थिए,त्यसैले अस्पताल र चिकित्सकले लापारवाही गरे दावी गरिएको छ ।
डा.आलमले केही वर्ष अघि राजबिन्दीको पथरीको अप्रेशन पनि आफैले गरेको त्यसबेला केही नभएको उनले चर्चा गर्दै उपचारमा आफुहरुले कुनै लापारवाही नगरेको दावी गरे । मृत्युपछि पोस्टमार्टम पनि गर्न दिइएन पीडितको पक्षको आरोपछ भन्ने सवालमा डा. आलमले भने,‘ यस बारेमा आफुलाई जानकारी भएन्,तर घटनाको कारण बारे परिवारजनलाई बताएपछि शव बुझेर दाहसंस्कारका लागि परिवारजनले लगे ।’
दुई सन्तानकी आमा राजविन्दीले वीरगंजमाईस्थान मन्दिर पछाडी कस्मेटिक सामाग्रीको होलसेल पसल गर्दै आएकी थिइन् ।उनको १४ वर्षे छोरा र १० वर्षिया छोरी छिन् ।

 

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर