कोल्हबीबाट १६८ किलो गाँजा बरामद, गाँजाधनी फरार

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ असार । जिल्ला प्रहरी कार्यालय बाराले १६८ किलो गाँजा बरामद गरेको छ ।
आज बिहान ६ः३० बजेको समयमा जिल्ला बारा कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाई छिपाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीले छापामारी गरी १६८ किलो गाँजा बरामद गरेको जिप्रका, बाराले जनाएको छ ।
प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको टोलीले जितेन्द्र चौधरीको घरमा पुगेपछि उनको घरमा कोही नभेटिएको र स्थानीय जनप्रतिनिधीको रोहवरमा घरमा खानतलासी गर्दा कोठा भित्र लुकाएर राखिएको १६८ किलो गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हबी बारामा ल्याई राखिएको जिप्रका, बाराले जनाएको छ ।
प्रहरीले घरधनी जितेन्द्र चौधरीको खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्ष्Fकपुरूषोत्तम प्रसाद पाण्डेले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर