राधेश्याम पटेल
वीरगंज
नेपाली भन्सार यार्ड सम्म पहिलो पटक रेलमार्गबाट कोइला बोकेको रेल नेपाल प्रवेश गरेको छ । शुक्रबार बिहान हिंडेको कार्गो रेल शनिबार राति १० बजे वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रवेश गरेको हो । भारतको झारखण्डको सिजुवा साइडिङबाट कोइला बोकेको एक र्याक कोइलाको रेल वीरगंज आइपुगेको हो । गोदावरी कमोडोटिज भारतबाट नेपालको लतिका सप्लाईज प्रालिले खरिद गरेको ३६ सय ५० मेट्रिक टन ‘मोडी डी’ क्वालिटीको कोइला वीरगंज आइपुगेको हो ।
वीरगंजको सिर्सिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राईपोर्ट प्रालिका प्रमुख अपरेशन अधिकृत अतुल शर्माका अनुसार सन २००४ देखि वीरगंजको ड्राईपोर्ट सञ्चालनमा आए तापनि आफनो कम्पनी र नेपाली विभिन्न सरोकारावाला निकायको संयुक्त प्रयासबाट भारतबाट लुज कार्गो ल्याउने योजना सफल भएकोमा खुशी व्यक्त गरे । उनले लामो समयदेखि वीरगंजको सीमावर्ती बजार रक्सौलको रेल्वे साइडिङ यार्डमा लुज कार्गो झार्दा विभिन्न समस्याबाट नेपाली व्यवसायीलाई दुख खेप्नु पथ्र्यो । अब तयो झन्झटबाट नेपाली आयातकर्तालाई राहत मिलेको समते उनले बताए । कोइलाको रेल ६ नं ट्रयाकमा खाली गराउने काम भइरहेको जनाइएको छ ।
यसले नेपालको लुज कार्गो आयातमा एउटा छुटै माइलस्टोन थपेको वीरगंज उद्योग वाणिज्य संघ वीरगंजका उपाध्यक्ष माधव राजपालले बताए । ‘गत २०२२ अक्टोबर पछि भारत सरकारले रक्सौल यार्डमा लुज कार्गो अनलोड गरी मितेरी पुल हुदैं वीरगंज ल्याउने गाडीमा रोक लगाएपछि आईसिपीको बाटोबाट बाइरोड टिपरमा माल आइरहेको थियो,उनले भने,‘यसले व्यवसायीको आयात खर्चलाई सस्तो पार्ने एवं बाटोमा कोइला चोरी हुने घटनाबाट मुक्ति पाएका छौं ।’
रक्सौलसम्म आउने रेलललाई पूर्वाधार बनाएर आफ्नै भन्सार यार्ड सम्म ल्याउन एक वर्षदेखि थालेको पहल पूरा भएको सुख्खा बन्दरगाह पूर्वाधार निर्माणकर्ता नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवालीले जनाए ।वीरगंज आएको रेलले डस्टी कार्गो आयात गर्दा भारतीय भूमीका पल्टी गर्ने बाध्यता हटेको र व्यवसायीको लागतमा पनि ठूलो राहत मिल्ने विश्वास समितिको छ ।