काठमाडौं
पप्पु कन्स्ट्रक्सन सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेपालगन्जमा उजुरी परेको झन्डै दुई महिना पछि उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो । उनी पूर्व सांसद समेत हुन् । उनी २०७४ पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन् ।
उनलाई चार वर्षअघिको घटनामा प्रहरीले पक्राउ गरेको हो । २०७६ माघमा उनले आफ्नो जय भोले बाबा क्रसर उद्योग विक्री गर्ने रकम लिएका थिए । बाँकेका सोभराम यादवलाई १ करोड ६५ लाख रुपैयाँमा बिक्री गर्ने डिल भएको थियो । डिल अनुसार नै उनले सुरुमा ९५ लाख रुपैयाँ रौनियारलाई बुझाएका थिए । केही समयपछि बाँकी रकम बुझाएर क्रसर पास गर्ने कुरा भएको थियो । तर जब सोभराज रकम लिएर क्रसर पास गर्न पुगे काम भएन ।
किनकि अदालतले बैना रकम लिनु भन्दा अगाडी नै क्रसर तत्काल बिक्री नगर्न आदेश दिएको थियो । जुन कुरा रौनियारलाई समेत थाहा थियो। तर त्यसपछि रौनियार रकम समेत फिर्ता नगरेको थाहा पाए पनि क्रसर बिक्री गर्न खोजेको भन्दै उजुरी परेको थियो । ‘यो क्रस किनबेचको विवाद हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले भने । यस्तै उनी विरुद्ध विशेष अदालतमा भष्ट्रचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो । बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो । पहिलोपोस्ट डट कमबाट सभार
किन समातिए पूर्व सांसद हरिनारायण रौनियार ?
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box