spot_img

बारामा पनि मनाइयो राष्ट्रिय धान दिवस

कलैया
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ बाराको आयोजनामा २० औं राष्ट्रिय धान दिवस बारामा पनि मनाइएको छ । सुवर्ण गाउँपालिका–४ हरदियामा सेमरमाई कृषि सहकारी संस्थाको सहआयोजनामा भएको कार्यक्रममा धान रोपाइँ महोत्सव आयोजना गर्दै यो दिवस मनाइएको हो । सहकारी संस्थाका अध्यक्ष अशोककुमार यादवको अध्यक्षता एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुवर्ण गापाकी उपाध्यक्ष पुनम यादव, बाराका एसपि होबिन्द्र बोगटी, बाराका अनुसन्धान उपनिर्देशक अभिनयकुमार सिंह, बाराका कोष नियन्त्रक विरेन्द्रप्रसाद घिमिरे, कृषि ज्ञान केन्द्र बाराका प्रतिनिधि राजवंशी चौरसिया, सशस्त्र प्रहरी बल बाराका डिएसपि रविन्द्र सिलवाललगायतको सहभागिता रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना बाराका प्रमुख हेमचन्द्रकुमार जैसवारले जानकारी दिए । कार्यक्रमको सहजीकरण आयोजक कार्यालयका कृषि अधिकृत आर्या जोशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img