वीरगंज, १५ असार । सिम्रौनगढ नगरपालिकाका शिक्षक, कर्मचारीहरुले शुक्रवार प्रदर्शन गरेका छन् । तलबभत्ताको माग गर्दै उनीहरुले नगरपालिकाको गेटमा प्रदर्शन गरेका छन् ।
तलब कटौती गर्न पाइँदैनलगायतको नारा लगाउँदै निस्किएको शिक्षक, कर्मचारीहरुको जुलुस नपाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा शिक्षिका पुनमकुमारी यादवलगायतले सम्बोधन गरेका थिए ।
आन्दोलनरत शिक्षक, कर्मचारीहरुको धर्नास्थलमा पुगेर मेयर किशोरीप्रसाद कलवारले छलफल गरी आइतवार वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता गरेपछि शिक्षक, कर्मचारीहरुले धर्ना स्थगित गरेका छन् ।