आठ लाख रकमसहित बाराका सुनील पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले हुण्डीको कारोबार गरेको आरोपमा आठ लाखसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
असार ८ गते वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सडकखण्डबाट प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकलमा सवार बारा, प्रसौनी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहलाई आठ लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
साहले हेलमेटभित्र स्रोत नखुलेको आठ लाख रकम बरामद भएपछि मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर