वीरगंज पर्सा जिल्लाको सदरमुकाम वीरगंज लागुऔषध ओसारपोसारको ट्रान्जिट प्वान्टको रुपमा चिनिन्छ । नेपाल–भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै कारोबारीहरु लागुऔषधको ओसारपसार एवं बिक्री वितरण एक देशबाट अर्को देशमा गर्दै आएका छन् ।वर्षेनी सर्यौ यो अपराधमा फस्छन् पनि । तर समस्या घटनुको सट्टा बढदै गएको पाइन्छ ।अहिले वीरगंजको समाजको लागि यो टाउकोको दुखाई बनेको छ । दैनिक लागुऔषध ओसारपोसारको आरोपमा प्रहरीले कोही न कसैलाई पक्राउ गरेको समाचार आउँछ । जुन २६ अर्थात लागुऔाषध ओसारपोसार विरुद्धको विश्व दिवसको अवसरमा अयाोजित वीरगंजको एक कार्यक्रममा लागुऔषध प्रयोग एवं ओासारपोसारमा प्रशासन र जनप्रतिनिधि वीच आरोपप्रत्यारोप समेत लगाइयो ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजको जैन धर्मशालामा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा पर्साका १४ वटा पालिकाका जनप्रतिनिधिहरु एवं सरोकारावाहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले लागु औषधको समस्या आजको नभई पुरानो समस्या भएको बताउँदै त्यसलाई न्यूनिकरणमा स्थानीय प्रहरी प्रशासनले चुकिरहेको आरोप लगाए । पालिकाभित्र रहेको सबै सम्पूर्ण अपराधिक गतिविधि बारे स्थानीय प्रहरी यूनिटलाइृ राम्रोसंग थाहा हुदाँहुदै पनि त्यो हिसाबको आवश्यक कारवाही प्रशासनले नगरेको आरोप लगाइएको थियो ।भए तापनि हाल सम्म जुन हिसाबले कडाई र न्यूनिकरण नगर्नु पर्ने हो,त्यो नभएको उनीहरुको जोड थियो ।प्रहरी प्रशासन आर्थिक प्रभावमा परी लागु औषध सम्बन्धी घटनामा वृद्धि भएको तर्क गरेका थिए । सहभागीहरुको गुनासो सुन्दै कार्यक्रमका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले समाजले चाहेमा लागु औषध ओासारपोसार एवं विक्री वितरणमा अंकुश लाग्ने चर्चा गर्दै समाजमा बढदै एको अपराधिक घटनाको बारेमा स्थानीय अगुवा एवं जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
अहिले सम्म समाजले आफनो वास्तविक भूमिका निर्वाह नगरेको कारण अनाहकमा यूवाहरु लागुऔषध मुद्दामा फसिरहेको समेत उनले जिकिर गरे । समाजमा महासत्रुको रुपमा बढदै एको विकृतिहरुलाई सुरक्षा निकायसंग समन्वय गरी लागु औषध ओसारपोसारलाई नियन्त्रणमा गर्नू पर्ने उनले बताए । वीरगंज कारागारमा मात्रै ५०५ जना लागुऔषध मुद्दामा थुनामा रहेकोमा महिला ७५ जना र बाँकी पुरुष रहेको समेत बताए । कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरी,रिहैब सेन्टरको तर्फबाट विनय लामाले कार्यपत्र प्रस्तुत गरेका थिए । पर्साको ८ वटा सुधार केन्द्रमा २२५ जना लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ ।

Facebook Comments Box