बहुदरमाईमा बोलबम गीतको छायाङ्कन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असार । साउन आउन लाग्दा भोजपुरी बोलबम गीतको छायाङ्कन शुरू भएको छ।
वीरगंज–२५ श्रीसिया सुक्खा बन्दरगाहस्थित कृतिका इन्टरटेनमेन्टले एक दर्जनवटा बोलबमका गीतमाथि बहुदरमाई नगरपालिकामा छायाङ्कन शुरू गरेको जनाएको छ। कम्पनीका सञ्चालक दिलीप चौरसियाका अनुसार विराटनगर र जनकपुरका कलाकारहरूसँगै स्थानीय कलाकारहरूको अभिनय रहेको उक्त गीति एलबम साउन मसान्तमा रिलिज गर्ने लक्ष्य राखिएको छ।
सञ्जय सिंहको निर्देशनमा छायाङ्कन भइरहेको एलबममा सोनु सावरिया, उपेन्द्र उज्ज्वललगायत गायक–गायिकाहरूको स्वर रहेको छ। गीतको रेकर्डिङ वीरगंजमैं भई भिडियो निर्माण भइरहेको जनाइएको छ। छायाङ्कनमा करीब तीन लाख रुपैयाँ खर्च लाग्ने सञ्चालक चौरसियाले बताए।
Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर