spot_img

प्रकाश थारुलाई फेरी एवार्ड

वीरगंज
पर्साका सामाजिक अभियन्ता प्रकाश थारु ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२ ’ को अवार्डबाट सम्मानित भएका छन् । सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय रहदै आएका थारुलाई नेशनल सोसल वेल्फेयर अवार्डबाट सम्मानित गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच थारुलाई सङ्घीय सरकारका मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सम्मान पत्र र अवार्ड प्रदान गर्दै सम्मानित गरेका हुन् । उक्त कार्यक्रममा थारुसँगै सामाजिक कार्य गर्ने ७ प्रदेशबाट अन्य १३ जनालाई पनि सम्मानित गरिएको थियो ।

पर्साको पटेर्वासुगौली गाउँपालिका निवासी थारु थारु लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । नेशनल ट्रेडीङको जागिरबाट अवकास पाएदेखि थारु स्वतन्त्र र विभिन्न सङ्घसंस्थासँग आबद्ध भएर समाजिक कार्य गर्दै आएका छन् । मधेस तथा सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा घाइते र ज्यान गुमाएका शहिदहरुको परिवारलाई सहयोग गर्नेदेखि सडकमा असहाय जीवन बिताइरहेका व्यक्तिलाई मानवसेवा आश्रमसँग मिलेर उद्धार गर्ने कार्यमा थारु सकृय रहदै आएका छन् ।

उनले पर्सा, बारासहित मधेस प्रदेश र अन्य जिल्लासमेतमा पुगेर सहयोगको अपेक्षामा रहेकाहरुलाई साहयता पु¥याउँदै आएका छन् । देश विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर थारुले गरिवहरुको उपचारदेखि उनीहरुको छोरीको विवाहमा समेत सहयोग गर्ने गरेका छन् । थारुको सक्रियातालाई कदर गर्दै अन्य सङ्घसंस्थाहरुले पनि उनलाई सम्मानित गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img