spot_img

spot_img

आयातकर्तालाई लोभ्याउन काँनकाँरको ललिपप,पार्टी भाग्न थालेपछि सप्ताहिक रेल

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज
१६ वर्षदेखि वीरगंज महानगर–२५ श्रीसिया सुक्खा बन्दरगाहमा आधिपत्य जमाएको भारतीय कन्टेनर नगम लिमिटेड (काँनकाँर)ले अहिले नेपाली आयातकर्तालाई लोभ्याउन थालेको छ । सोमवार साँझ काँनकाँरले एउटा विज्ञप्ति जारी गर्दै कोलकाता बन्दरगाहबाट ड्राइपोर्ट वीरगंजको लागि साप्ताहिक मालगाडी चलाउने निर्णय गरेको जनाएको छ । यसअघि साप्ताहिक रेल अनियमित गर्दै आएको काँनकाँरले बिजनेश खोसिएपछि वीरगंज तथा नेपालकै आयातकर्तालाई लक्षित गर्दै हप्तामा एक दिन शनिवार साँझ कार्गो रेल वीरगंजको लागि चलाउने तयारीमा रहेको जनाएको छ ।
वीरगंजबाट कोलकाता करीब सात किलोमिटर दूरीमा पर्छ । कोलकाता बन्दरगाह अन्तर्गत नै हल्दिया बन्दरगाह पनि पर्ने गर्छ । त्यहाँबाट मालगाडी वीरगंज पुग्न ४८ देखि ७२ घण्टा लाग्ने गरेको बताइन्छ । सन् २००४ मा श्रीसिया सुक्खा बन्दरगाह सञ्चालन हुँदा एकचोटी १० वर्षको लागि नेपाल सरकारले काँनकाँरको साझेदार हिमालयन टर्मिनललाई ठेक्का दियो । त्यसपछि पाँच वर्ष दोस्रो ठेक्का पनि हिमालयन टर्मिनलले नै पायो ।
एक वर्ष ठेक्का लगाउन समय बित्दा करीब १६ वर्ष ड्राइपोर्ट सञ्चालन एवं व्यवस्थापनको जिम्मा हिमालयन टर्मिनलले हेर्दै आएको थियो । सन् २०२० अगस्ट ७ का दिन प्रिन्सिटन भ्याली ड्राइपोर्ट प्रालिले ठेक्का लिंदा हिमालयन टर्मिनल बाहिरियो । त्यसपछि हिमालयन टर्मिनलको माउ कम्पनी काँनकाँर नेपाली आयातकर्तालाई अचानक रेल बन्द गर्दै दुःख दिन थाल्यो । जसले गर्दा भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने मालवस्तुमा नेपाली आयातकर्ताले लाखौं रूपियाँ विलम्ब शुल्कबापत जरिवाना तिरेका थिए ।
बिस्तारै नयाँ कम्पनी प्रिन्सिटन भ्यालीले निजी रेल चलाउन थालेपछि काँनकाँरको नेपाल एवं वीरगंजसँगको व्यवसाय पातलिंदै गएको अवस्थामा फेरि कारोबार बढाउन यस्तो रणनीति अख्तियार गरेको छ ।
अहिले वीरगंज ड्राइपोर्टमा कोलकाता, हल्दिया र विशाखापट्टनमबाट महिनामा ४५ देखि ६० वटा सम्म मालवाहक कार्गो रेलहरू आउने गरेका छन् । गत मई महिनामा कानकारले जम्मा २ वटा हापलोडेड रेल ल्याएको छ भने प्रिन्सिटिन भ्याली तथा उनीसँग आबद्ध रेल सञ्चालक कम्पनीहरूले कोलकाताबाट १५ वटा र विशाखापट्टनमबाट ३९ वटा गरी कूल ५४ वटा रेल ल्याएको जनाएको छ ।
यस विषयमा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले प्रतिस्पर्धा हुनु राम्रो हो तर काँनकाँरले एकाएक कार्गो रेल बन्द गरेको कारणले गर्दा व्यवसायीहरू उसको सेवाबाट असन्तुष्ट भएको बताए । जसको कारण अन्य विकल्पतिर व्यवसायीहरू गएका छन् । रेल ल्याउने विषयमा अन्य प्रतिस्पर्धी हुँदा व्यवसायीलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे ।
यसैगरी ड्राइपोर्ट सञ्चालन गरिररहेको प्रिन्सिटन भ्यालीका अपरेशनल हेड अतुल शर्माले काँनकाँरको रेलले गर्दा आपूmहरूको व्यवसायमा कुनै असर नपर्ने र आप्mनो कम्पनीको पनि व्यावसायिक रणनीति आक्रामक रहेको जवाफ दिए ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर