परवानीपुर बजार फोहर गर्नेलाई गापाले कारबाइ गर्ने

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, ३० जेठ/
देशभरिकै पालिकामध्ये सबैभन्दा क्षेत्रफलको हिसाबले सानो गाउँपालिका हो बाराको परवानीपुर गापा । पर्सा, बाराको दोसाँध एवं वीरगंज–पथलैया सडकखण्डसँगै टाँसिएको परवानीपुर गापाको पुरानो बजार हालसम्म व्यवस्थित हुन सकेको छैन ।
अव्यवस्थित पसल, जथाभावी फोहर फाल्ने, बजार लगाउने, खानेपानी, शौचालय, पार्किङलगायतको सुविधा नहुँदा परवानीपुर बजार व्यवस्थित हुन सकेको छैन । तर आगामी आवमा बजारलाई व्यवस्थित गर्न तयारी एवं बजेट विनियोजन गरेर व्यवस्थित परवानीपुर बजार बनाउने रणनीति रहेको गापाले जनाएको छ ।
गापा अध्यक्ष्F रामक्षत्रीप्रसाद कुर्मीका अनुसार सबैभन्दा पहिले बजारमा चाहिने आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मरम्मत गर्ने काम हुन्छ । त्यसपछि बजार सफा र स्वच्छ बनाउन कडाइ गर्ने बताए । उनले परवानीपुर बजारमा प्रदूषण पैmलाउने व्यवसायी, पसले, उपभोक्ता एवं सर्वसाधारणलाई कानूनको दायरामा ल्याउने समेत बताए ।
उनले पर्सा, बाराको उदाहरणको रूपमा सरसफाइमा जरिवाना गर्ने वीरगंज महानगरपालिकाको मोडेललाई नै परवानीपुर गापामा पनि लागू गर्ने तयारी भएको बताए । विसर्जित फोहरको जिम्मेवार सम्बन्धित पसलेहरू हुन् । उनीहरूले नै आप्mनो पसलबाट निस्किने फोहरलाई सीमित समयको लागि भण्डारण गर्नुपर्ने र गापाको फोहर उठाउने गाडीमा निश्चित समयमा प्mयाक्नुपर्ने नियम लगाउने तयारी रहेको बताए । यस्तो नियमलाई पालना नगर्ने पसलेलाई दण्ड जरिवाना गरेर परवानीपुर बजारलाई सफा, स्वच्छ र व्यवस्थित बजार बनाउने आपूmहरूको तयारी रहेको उनले जिकिर गरे ।
एक बिघाभन्दा बढी क्ष्Fेत्रफलमा पैmलिएको परवानीपुरब जारमा आव २०७८/७९मा गापाको ४४ लाख बजेटमा पश्चिमपट्टि मोहडा भएका १२ वटा र पूर्वपट्टि मोहडा भएका १२ वटा गरी २४ वटा शटर निर्माण भएको र त्यो शटरको अधूरो काम पूरा गराउन प्लास्टर, रङरोगन, बत्ती जडान यस आवमा परवानीपुर गापाले ४० लाख खर्चेको प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले जानकारी दिए । परवानीपुर बजारमा रहेका माछामासु पसललाई व्यवस्थित गर्न आठ लाख बजेटमा पक्की ढलान सम्पन्न भइसकेको बताए ।
बजार परिसरमा प्रदेश सरकार र गापाको बजेटबाट भुइँ ढलान गरेर खुद्रा बजारको लागि जग्गा तयार पारिएको छ । त्यस्तै तीन लाखको बजेटमा शौचालय निर्माण भएको जानकारी गराउँदै उनले आगामी दिनमा खानेपानी, पार्किङ र पुरानो बजारको भवनलाई अझैं आकर्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको बताए ।
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर