spot_img

spot_img

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ३० जेठ (रासस): एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो ।
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन् । उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन् । त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाकिस्तान ‘ए’ की सईदा शाह र तुवा हसनले समान दुई÷दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान ‘ए’ ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् ।
त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।
बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ ।
भिसा समस्याका कारण थाइल्यान्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको थियोे । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा विभिन्न आठ राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंका ‘ए’ रहेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ ३२ गते भारतसँग खेल्नेछ । ––– Power
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर