spot_img

आर्थिक वर्ष सकिन लाग्दा पर्सामा करोडौं अनुदान, यस वर्ष पनि व्यापक अनियमिता हुने सङ्केत

वीरगंज, २९ जेठ/ मधेस प्रदेश सरकारले प्रत्येक वर्ष झैं यस वर्ष पनि आर्थिक वर्ष सकिन लाग्दा करोडौ अनुदान रकम पर्साका स्थानीय तहमा पठाएको छ ।
स्थानीय तहले खर्च गर्नेगरी पर्साका १४ पालिकाहरूमा रु ६७ करोड ३३ लाख २१ हजार अनुदान बजेट पठाएपछि चलखेल शुरू भएको छ । पालिकालाई आफ्नै बजेट सिध्याउन हतार भइरहेको बेला मधेस प्रदेश सरकारले थप अनुदान रकम पठाएपछि स्थानीय तहहरू झमेलामा परेका छन् ।
स्रोत अनुसार मधेस प्रदेशको अर्थ मन्त्रालयले २० प्रतिशत रकम घूस लिएर सो पैसा निकासा गरेको हो । आवको शुरूआतमा पठाउनुपर्ने रकम भागबण्डा नमिलेपछि रोकिएको र हाल आव सकिन लाग्दा पठाएको स्रोतको दाबी छ । प्रदेश सांसद तथा मन्त्रीलगायत दलका अगुवा नेताहरूले आफ्नै अगुवाइमा ती रकम पालिकाहरूमा पठाएको बुझिएको छ । महानगर, नगर र गाउँपालिकामा आएका ती रकममा बाहिरियाहरूको हस्तक्षेप रहेको स्रोतको दाबी छ । मधेस प्रदेश सरकार गठन भएयता अहिलेसम्म अनुदानको रकम वर्षको अन्तिम समय वा एक हप्ता बाँकी रहँदा पठाउने चलन नै बसेको प्राविधिकहरूको भनाइ छ । बजेट पठाएपछि टेन्डर गर्दा समय बित्ने भएकोले लेउदेउको आधारमा सो रकम बाँडफाँड भइरहेको छ ।
प्रदेश सरकारले पर्सा जिल्लाको एउटा महानगर, तीनवटा नगरपालिका र १० वटा गापामा रकम पठाएको छ ।
वीरगंज महानगरपालिकाको लागि ३६ करोड २९ लाख ५० हजार बजेट पठाएको छ । समानीकरण न्यूनतम अनुदान ५ करोड, समानीकरण–सूत्रमा आधारित अनुदान २ करोड ७९ लाख ५० हजार, वीरगंज–१५ जगरनाथ सोनारको घरदेखि अबुलैसको घरसम्म तथा छेउछाउका अधूरो सडक ढलान तथा नाला निर्माणको लागि २ करोड ५० लाख, वीरगंज–१६ नगवा गाउँँको आन्तरिक सडक ढलानको लागि २ करोड ५० लाख, वीरगंज–१६ घुसुकपुर तथा फूलबारी टोलका अधूरा सडक ढलान तथा नाला निर्माणको लागि २ करोड ५० लाख, वीरगंज–१६ दुर्गा हल टोलमा अधूरो सडक ढलान तथा नाला निर्माणको लागि २ करोड ५० लाख, वीरगंज–४ का अधूरो सडक ढलान तथा नाला निर्माणको लागि २ करोड ५० लाख, हरित शहर स्वच्छ शहरको लागि १२ करोड, वीरगंज–२६ सुगौली आन्तरिक रोड निर्माण २ करोड ५० लाख, वीरगंज विकास कार्यक्रमको लागि १ करोड ६० लाख, वीरगंज–१६ नगवा गाउँको दलित बस्तीका अधूरो सडक ढलान तथा नाला निर्माणको लागि दुई करोड ५० लाख, वीरगंज–३२ को परसवा टोलमा बाटो ढलान, पक्की नाला निर्माणको लागि ५० लाख, वीरगंज महानगरपालिका–२१ स्थित विपश्यना ध्यान केन्द्र नजीक श्रीसिया नदीको किनारमा आधुनिक सुवधा सम्पन्न स्नान घर तथा बैठक घरसहित श्मशानघाट निर्माणको लागि ५० लाख, वीरगंज–२१ पटेल नगरस्थित ओमप्रकाश बैठाको जग्गा अगाडि पर्ने नहरमा पक्की कल्र्भट निर्माणको लागि दुई करोड ५० लाख, वीरगंंज–१६ गणेश टोलको अधूरो सडक ढलान तथा नाला निर्माणको लागि दुई करोड ५० लाख, वीरगंज–१५ एनआई कलेजदेखि पूर्व उदय कामतको घर हुँदै छेउछाउको अधूरो सडक ढलान तथा नाला निर्माणको लागि दुई करोड ५० लाख, विशेष अनुदान एक करोड र समपूरक अनुदान ५० लाख गरी ३६ करोड २९ लाख ५० हजार बजेट पठाएको छ ।
यसैगरी पोखरिया नगरपालिकाको लागि ३ करोड ३९ लाख १५ हजार बजेट पठाएको छ । समानीकरण सूत्रमा आधारित अनुदान रु ७२ लाख ९० हजार, समानीकरण न्यूनतम अनुदान १६ लाख २५ हजार, पोखरिया–९ समानीको घरदेखि स्कूलसम्म बाटो ढलानको लागि ५० लाख, पोखरिया–९ मा रहेको पेट्रोलपम्प कार्यालयसम्म बाटो ढलानको लागि ५० लाख, पोखरिया–९ बैरिया टोलस्थित आरिफ मियाँ तेलीको घरदेखि सन्तोष पटेलको घरसम्म सडक ढलानको लागि ५० लाख, साफिया विद्यालयदेखि वडा नं. ९ वडा कार्यालय सेमरबारीसम्म सडक ढलानको लागि रु २५ लाख, पोखरिया–१० शिबर्वास्थित नरेश महतोको घरदेखि बाटो ढलानको लागि २५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख गरी ३ करोड ३९ लाख १५ हजार रकम पठाएको छ ।
यसैगरी पर्सागढी नगरपालिकामा २ करोड ४८ लाख ४० हजार बजेट पठाएको छ । समानीकरण न्यूनतम अनुदान १ करोड ६ लाख २५ हजार, समानीकरण सूत्रमा आधारित अनुदान ८२ लाख १५ हजार, वडा न. ४ को बर्वाटारी वडा कार्यालय अगाडि टावर लाइटदेखि उत्तर बृजकिशोर चौरसियाको मिलसम्म बाटो स्तरोन्नतिको लागि ५० लाख, वडा नं. ४ को पशुरामपुर मकतबदेखि पश्चिम शेख मशहुरको घरसम्म बाटो स्तरोन्नतिको लागि ५० लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख गरी २ करोड ४८ लाख ४० हजार बजेट पठाएको छ ।
बहुदरमाई नगरपालिकाको लागि १ करोड ९९ लाख ८५ हजार बजेट पठाएको छ । समानीकरण न्यूनतम अनुदान १६ लाख २५ लाख, समानीकरण सूत्रमा आधारित अनुदान ८३ लाख ६० हजार, बहुदरमाई नपा–५ बलिरामपुरदेखि पटनी र बर्वा जाने बाटो निर्माणको लागि २५ लाख, वडा नं. ६ को अधूरो नाला र सडक ढलान शिव मन्दिरदेखि ननकी गम्हरिया जाने सडक निर्माणको लागि २५ लाख, वडा नं. २ दलित आवास निर्माण ३० लाख, वडा नं. ९ मा कल्भर्ट निर्माणको लागि २० लाख गरी १
करोड ९९ लाख ८५ हजार बजेट पठाएको छ ।
जगरनाथपुर गाउँपालिकाको लागि ३ करोड ३८ लाख ४४ हजार रकम पठाइएको छ । समानीकरण–सूत्रमा आधारित अनुदान ७२ लाख १९ हजार, समानीकरण न्यूनतम अनुदान १६ लाख २५ हजार, वडा नं. ५ धर्मपुर झखरा शिवमन्दिरदेखि चिलझपटी टोल हुँदै मसिहानी नहर चोकसम्मको सडक स्तरोन्नतिको लागि ५० लाख, वडा नं ३ को जमुनियादेखि बिजबनिया काईमाई मन्दिर हुँदै जगरनाथपुरसम्म सडक स्तरोन्नतिको लागि ५० लाख, वडा नं. ३ जमुनियाको जितेन्द्रप्रसाद यादवको घरदेखि वडा नं २ बलुवा सरेह हुँदै ओरियासम्म सडक स्तरोन्नतिको लागि ५० लाख, हुलाकी सडकदेखि सन्ठी हुँदै झखरासम्म सडक निर्माणको लागि २५ लाख, जगरनाथपुर–६ हुलाकी सडकदेखि औरहा जाने बाटो र कल्भर्ट निर्माणको लागि २५ लाख, वडा नं. ४ गाउँँपालिकानिर शिक्षा भवन निर्माणको लागि ३० लाख, वडा नं. ४ आलिम मियाँको खेतदेखि बाङ्गो टाँडीसम्म नयाँ बाटो निर्माणको लागि २० लाख गरी ३ करोड ३८ लाख ४४ हजार रकम पठाएको छ ।
सखुवापरसौनी गापामा ४ करोड १५ लाख ३९ हजार रकम पठाइएको छ । समानीकरण– न्यूनतम अनुदान १६ लाख २५ हजार, समानीकरण–सूत्रमा आधारित अनुदान ७४ लाख १४ हजार, वडा–६ एकडर्वा जमुना सहनीको घरदेखि पश्चिम छोटेलाल साहको घरसम्म सडक ढलानको लागि २५ लाख, वडा २ श्रीपुर देखि थापा टाडी जाने बाटो स्तरोन्नतिको लागि २५ लाख, वडा नं. ६ एकडेर्वा गढीमाईदेखि गण्डक नहरसम्मको बाटो स्तरोन्नतिको लागि २५ लाख, वडा १ औराहा रेन्ज सुरेन्द्र महतोको घरदेखि उत्तर जाने बाटो ढलानको लागि २५ लाख, वडा–२ सखुई जमुनिया स्कूलदेखि पश्चिम पुलसम्म सडक ढलानको लागि २५ लाख, वडा १ मा प्रमोद कुँवरको घरदेखि पश्चिम औराहा रेन्ज बजारसम्म नाला तथा सडक ढलानको लागि २५ लाख, वडा नं. ६ मा अभिलाख साह तेलीको घरदेखि पोखरीसम्म नाला तथा बाटो ढलानको लागि २५ लाख, वडा ५ महुवन दलित बस्ती विद्यालयदेखि दक्षिण कल्भर्टसम्म सडक ढलानको लागि २५ लाख, वडा–२ घुसुकपुर टोलमा सडक ढलानको लागि २५ लाख, वडा ३ कौवावन गाउँँदेखि उत्तर जाने बाटो ढलानको लागि २५ लाख, सबै वडामा खानेपानी धारा र बोरिड्ढो सामान खरीद गर्न ३० लाख, वडा नं. २ सखुई जमुनिया मेनरोड र वडा नं. ६ एकडेर्वा टोलमा अधूरो मेनरोड ढलान कार्यको लागि २० लाख गरी ४ करोड १५ लाख ३९ हजार रकम पठाइएको छ ।
विन्ध्यवासिनी गापाको लागि १ करोड ५२ लाख ८४ हजार रकम पठाएको छ । समानीकरण–न्यूनतम अनुदान १५ लाख, समानीकरण–सूत्रमा आधारित अनुदान ६२ लाख ८४ हजार, वडा नं. २ शम्भुनाथ मन्दिर अगाडि नदीमा गेभियन कार्यको लागि २५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख गरी १ करोड ५२ लाख ८४ हजार रकम पठाइएको छ ।
धोबिनी गापाको लागि १ करोड ६६ लाख २० हजार रकम पठाइएको छ । समानीकरण–न्यूनतम अनुदान १३ लाख ७५ हजार, समानीकरण–सूत्रमा आधारित अनुदान ५२ लाख ४५ हजार, वडा नं. ३ स्थित भीमको घरदेखि सेलर मिल हुँदै मकबुल मियाँको घरसम्म सडक निर्माणको लागि २५ लाख, वडा नं २ सुरूज साधुको घरदेखि घोडदौडासम्मको लागि २५ लाख, वडा नं. ५ श्री अजीज मियाँ माविको चारकोठे भवन निर्माणको लागि ३० लाख, वडा नं. ३ हरिहरपुरमा हमीद मियाँको मिलदेखि दक्षिण चौमुखीसम्म सडक ढलानको लागि २० लाख गरी १ करोड ६६ लाख २० हजार रकम पठाइएको छ ।
पकाहामैनपुर गापाको लागि ३ करोड २० लाख ७४ हजार रकम पठाइएको छ । समानीकरण–न्यूनतम अनुदान १५ लाख, समानीकरण–सूत्रमा आधारित अनुदान ५५ लाख ७४ हजार, वडा नं. ५ छठीया घाटदेखि सेराको फिल्डसम्म माटो पुरी ग्रेभल गर्नका लागि ५० लाख, पोखरी र कब्रिस्ताननिर नदी नियन्त्रण कार्यक्रमको लागि ५० लाख, सबैठवा विद्यालयदेखि लक्ष्मीपुर गाउँसम्म सडक ढलानको लागि ५० लाख, सिक्टा पुलदेखि जमिर मियाँँको खेतसम्म नदी नियन्त्रणको लागि ५० लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख गरी ३ करोड २० लाख ७४ हजार रकम पठाइएको छ ।
पटेर्वासुगौली गापाको लागि १ करोड ४९ लाख ४८ हजार रकम पठाइएको छ । समानीकरण–न्यूनतम अनुदान १५ लाख समानीकरण–सूत्रमा आधारित अनुदान ५९ लाख ४८ हजार, पटेर्वा सुगौली–२ मा सडक ढलानको लागि २५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख गरी १ करोड ४९ लाख ४८ हजार रकम पठाइएको छ ।
जीराभवानी गापाको लागि १ करोड ७३ लाख ३७ हजार रकम पठाइएको छ । समानीकरण–न्यूनतम अनुदान १५ लाख, समानीकरण–सूत्रमा आधारित अनुदान ५८ लाख ३७ हजार, वडा नं. ३ नौकाटोलादेखि दक्षिणतिर रहेको गँगोल नदीदेखि उत्तर गाउँतिर जाने बाटोको कलभर्ट नाला निर्माणको लागि २५ लाख, वडा नं. ५ हरैया हरिओमको घरदेखि पश्चिम हुलाकी रोड जाने बाटोमा ग्राभेल कार्यको लागि २५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख १ करोड ७३ लाख ३७ हजार रकम पठाइएको छ ।
कालिकामाई गापाको लागि २ करोड ७२ लाख ६० हजार रकम पठाइएको छ । समानीकरण–सूत्रमा आधारित अनुदान ५७ लाख ६० हजार, समानीकरण–न्यूनतम अनुदान १५ लाख, वडा नं. १ को रविदास टोलमा ध्रुव साह कानूको घरदेखि पश्चिम जाने बाटोमा सडक स्तरोन्नतिको लागि २५ लाख, देवराज साह तेलीको घरदेखि दक्ष्Fिण जाने बाटोमा सडक स्तरोन्नतिको लागि २५ लाख, वडा नं. २ हरिहर खाको पोखरीदेखि कारीबाबाको मठसम्म सडक स्तरोन्नतिको लागि २५ लाख, लालमन ठाकुर लोहारको घरदेखि कपि हजराको घरसम्म सडक स्तरोन्नतिको लागि २५ लाख, मोतीलालको घरदेखि पश्चिम जाने बाटोमा सडक स्तरोन्नतिको लागि २५ लाख, वडा नं. ३ कालिकामाई गापातिरको सडक स्तरोन्नतिको लागि २५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख गरी २ करोड ७२ लाख ६० हजार रकम पठाइएको छ ।
छिपहरमाई गापाको लागि १ करोड ८० लाख चार हजार रकम पठाइएको छ ।
समानीकरण–न्यूनतम अनुदान १५ लाख, समानीकरण–सूत्रमा आधारित अनुदान ६५ लाख चार हजार, वडा नं. २ स्थित सौर्य सिंचाइ प्रणाली जडानको लागि २५ लाख, वडा नं ४ तुलसीबर्वा मकबुल मियाँको मिलदेखि तुलसीबर्वा चोकसम्म सडक ढलानको लागि २५ लाख, विशेष अनुदान ३० लाख, वडा नं. ५ मङ्गल मावि भिस्वादेखि भारतीय सिमानासम्म सडक ढलानको लागि २० लाख गरी १ करोड ८० लाख चार हजार रकम पठाइएको छ ।
ठोरी गापाको लागि एक करोड ४७ लाख २१ रकम पठाइएको छ ।
समानीकरण–न्यूनतम अनुदान १५ लाख, समानीकरण–सूत्रमा आधारित अनुदान ५७ लाख २१ हजार, वडा नं. ४ स्थित गोरखपुरटोल वीरबहादुर श्रेष्ठको घरदेखि गुम्बालाइन जाने सडक बाटोमा पक्की ढलानको लागि २५ लाख, वडा नं. ४ ज्ञान ज्योति माविमा चारकोठे भवन निर्माणको लागि ३० लाख, वडा नं. १ ढेडु खोलादेखि चौतारासम्म आरसिसी सडक ढलानको लागि २० लाख गरी एक करोड ४७ लाख २१ रकम पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img