spot_img

जगरनाथपुर गापामा आर्थिक अनियमितता उजागर

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ जेठ/ जगरनाथपुर गाउँपालिकामा गत आव २०७८–८९ मा हदैसम्मको आर्थिक अनियमिता भएको खुलासा भएको छ ।
गत आवमा महालेखा परीक्षकको कार्यालय काठमाडौंले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दा सो कुरा बाहिर आएको छ । प्रतिवेदनमा समझौता अनुसार काम नगरी भुक्तानी दिएको, दोहोरो भुक्तानी दिएको तथा किराना पसलबाट भ्याक्सिन खरीद भएको तथ्य बाहिरिएका छन् । साथै गापाको आयव्यय तथा कारोबारको विवरण श्रेस्तामा समावेश नगरी ठूलो रकम निकासा गरिएको प्रतिवेदनमा देखाइएको छ । गत आवमा मात्र आय व्यय र कारोबार विवरणविना २ करोड ७ लाख १७ हजार९ सय १० रूपैया भुक्तानी दिएको जनाइएको छ । सो रकम जिम्मेवार व्यक्तिबाट असुल गर्ने महालेखा निरीक्षकको कार्यालयले आदेश दिएको छ । सो आवमा गापाबाट स्वीकृत योजना अन्तर्गत पिडारीमाई मन्दिरदेखि वडा नं २ को वडा कार्यालयसम्म माटो पुरी ग्रेभल गर्न १९ लाख २५ हजार रुपियाँ, वडा नं १ भोला चोकदेखि पिडारी हँुदै माटो पुरी ग्रेभल गर्न ३८ लाख ४० हजार भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ । सो सडक छ पहिले पिच भइसकेको छ । त्यस्तै बिसुनपूर्वादेखि झोलुङ्गेपुल– पिडारी सडक स्तरोन्नति, माटो पुरी ग्रेभल गर्न ४७ लाख ५० हजार, वडा नं २ जानकीटोला कब्रगाहदेखि दशौता ओरिया नदीसम्म बाटो मरम्मत गर्न १९ लाख २२ हजार ८ सय, वडा नं ५–६ धर्मपुर सुरज महतोको घरदेखि सन्ठी हुँदै औराहासम्म सडक मरम्मत गरी माटो पुरी ग्रेभल गर्न ४७ लाख ५० हजार रुपियाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वडा नं १ को कुलो सरसफाइका लागि २४ लाख ७ हजार २ सय १९, वडा नं १ पिडारीदेखि बिसुनपूर्वासम्म माटो पुरी ग्रेभल गर्न ४७ लाख ५६ हजार ५ सय ४९, वडा नं २ बाँध निर्माणका लागि २४ लाख, वडा नं ४ मानसा रामको बगैंचादेखि मोटर बाटो स्तरोन्नतिका लागि ४७ लाख ५६ हजार ५ सय ५९ भुक्तानी दिइएको छ । वडा नं ४ आलम मियाँको खेतदेखि बडगो टाँडीसम्म नयाँ बाटो निर्माणका लागि ९ लाख २० हजार र दशौता खोलाको बाँधमा बोल्डर निर्माण गर्न ४७ लाख ५६ हजार ५ सय ५९ पालिकाले भुक्तानी दिएको छ ।
यी सम्पूर्ण योजनाको भुक्तानी प्राविधिक कर्मचारीको मूल्याङ्कन तथा सिफारिशमा दिएको जनाइएको छ । यी फाइलहरूमा कार्य सम्पन्न प्रतिवेदन, नापी किताब, प्रमाणित बील भरपाई, योजनाको निर्माण चरणको फोटो, अनुगमन समितिको सिफारिश, टिप्पणीमा योजना शाखाको सिफारिश नरहेको र एउटै व्यक्ति विभिन्न उपभोक्ता समितिमा रहेको प्रतिवेदनमा उल्लेख छ । यी योजनाको रकम कामै नगरी भुक्तानी दिइएको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । सोही आवमा पालिकाले किराना पसलबाट भ्याक्सिन खरीद गरेको कुरा प्रतिवेदनमा उल्लेख छ । पालिकाले ४ लाख ७६ हजार ६ सय ८४ रुपियाँमा जय दुर्गे गहवामाई सप्लायर्सबाट पिपिआर भ्याक्सिन–२५६० खरीद गरेको थियो । त्यस्तै भण्डारण शुल्कसहित महादुर्गा सप्लायर्सबाट रु ४ लाख ७६ हजार ६ सय ८४ रुपियाँमा ५ एमएलएचएस र भ्याक्सिन खरीद गरी भुक्तानी दिइएको थियो । साथै भण्डारण शुल्कसहित पृथ्वीराज ट्रेड सप्लायर्सबाट रु ४ लाख ६० हजार ११ रुपियाँमा ५/३ एमएलएचएस र भ्याक्सिन खरीद गरिएको थियो । जगरनाथपुर गापाले सो आवमा काम नगरी विभिन्न निर्माण व्यवसायीको नाममा रकम भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । वडा नं ६ मा छठघाट ढलान, प्रवेशद्वार रङरोगन र सडक मरम्मत गर्न सनी निर्माण सेवालाई ४ लाख ३६ हजार ५ सय ५३ रुपियाँ भुक्तान गरिएको थियो । त्यस्तै पालिकाले वडा नं ६ परसौनी नहरदेखि माधोपुर स्कूलसम्म सडक मरम्मत र कल्भर्ट निर्माणका लागि ४ लाख ३१ हजार १ सय ५४ रुपियाँ दिव्या कन्स्ट्रक्शनलाई, रामा यादवको घरनिर जाली बोल्डर निर्माणका लागि मनी कन्स्ट्रक्शनलाई ४ लाख ३१ हजार ८३ र हेन्ड पम्प खरीद गरेको प्रिन्स एन्ड कशिस ट्रेडिंग सप्लायर्सलाई ४ लाख ३६ हजार ९ सय २९ रुपियाँ भुक्तान गरेको थियो ।
यी सम्पूर्ण योजनाका काम नभएको तर भुक्तानी दिएको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । जगरनाथपुर गाउँपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र लेखा शाखा प्रमुख सञ्जय पटेल थिए ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img