spot_img

बहुअरी स्कूलको कक्षा धर्मशालामा, बल्ल शिलान्यास भयो ४५ लाखको योजना

वीरगंज, २८ जेठ/ बारा, परवानीपुर गाउँपालिका–५ स्थित श्री नेराआवि बहुअरीको नयाँ भवन निर्माणको लागि काम शुरू भएको छ ।
विद्यालयको पुरानो जग्गाहरू निकालेर भवन निर्माणको काम शुरू भएको हो । चालू आवमा गापाको ४५ लाख लागतमा चार कोठे विद्यालय भवन शिलान्यास गरिएको छ । शुक्रवार गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी एवं बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संयुक्तरूपमा विद्यालय भवनको शिलान्यास गरेको वडाध्यक्ष्F रामेश्वर कलवारले जानकारी गराए ।
कार्यक्रममा गापा उपाध्यक्ष सुगान्धीदेवी कनुइन एवं बहुअरीका विभिन्न राजनीतिक दलका अगुवा एवं भद्रभलाद्मीहरू हर्षित मुद्रामा देखिए । कारण थियो – विद्यालय भवन निर्माणको बाटो खुल्नु र विद्यालय भवन निर्माण कार्य शुरू हुनु । गाउँमा विवाद हुँदाखेरी यसअघि चार कोठे भवनको काम ठप्प भएको थियो । एक वर्ष अगाडि जीर्ण भइसकेको पुरानो विद्यालय भवनलाई भत्काएर उपभोक्ता समितिमार्पmत् विद्यालय भवन निर्माण गर्न खोज्दा राजनीतिक दलहरूबीच जग्गाको स्वामित्वको विषयमा विवाद सिर्जना भएको थियो ।
गाउँलेले विद्यालयको चार किल्ला छुट्याएर त्यसपछि टेन्डरमार्पmत् भवन निर्माणको कार्य हुनुपर्ने अडान लिएका थिए । गापाको बजेटबाट चालू आवमा भवनको शिलान्यास भएको र पटेल कन्स्ट्रक्शन फेटा गापा–१ बाराले काम गर्नुपर्ने सम्झौता भएको छ ।
भवन निर्माणको काम छ महीनाभित्र सम्पन्न गराउने लक्ष्य राखिएको छ । २०२१ सालमा स्थापना भएको सो विद्यालयमा अहिले भौतिक पूर्वाधार र अन्य सुविधा नहुँदा जम्मा ८६ जना बालबालिकाहरू अध्ययनरत छन् भने सातजना शिक्ष्Fक रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img