नागरिकता विषय टुङ्गो नलाए आन्दोलन–सचेतक यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ जेठ । सर्वाेच्चको अल्पकालीन आदेशविरूद्ध सडक आन्दोलनमा उत्रेका नागरिकताविहीन सङघर्ष समितिको धर्नामा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौंस्थित माइतीघर मण्डलामा देशभरबाट पुगेका युवाहरूले सर्वाेच्चविरूद्ध शुरू गरेको धर्ना कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) समेत रहेका यादवले ऐक्यबद्धता जनाएका हुन् ।
धर्ना कार्यक्रममा सहभागी हुँदै सांसद् यादवले नेपाली आमाबुवाको सन्तानले नागरिकता पाउनका लागि सडकमा उत्रेर सङघर्ष गर्नु दुर्भाग्यपूर्ण भएको बताए । संविधानले दिएको अधिकारमाथि समेत सर्वाेच्चले हचुवाको भरमा अल्पकालीन आदेश जारी नगर्नुपर्ने भन्दै उनले छिटोभन्दा छिटो मुद्दाको छिनफानो गरेर नागरिकता वितरण पुनः शुरू गरिनुपर्ने बताए ।
नागरिकताविहीनको पीडा आफूले बुझेको बताउँदै उनले भने, ‘तराई–मधेश मात्र नभएर देशभर लाखौं युवा आज नागरिकता नभएर समस्यामा परेका छन् । उनीहरूको भविष्य अन्धकार तर्पm धेकेलिँदै छ । लाखौं युवाले देश, विदेशमा रोजगार पाइरहेका छैनन, वर्षाैं लगाएर सिकेको सिप राष्ट्रनिर्माणमा प्रयोग गर्न सकेका छैनन् । उनीहरूको पीडा मैले बुझेको छु ।’
केही सिमित व्यक्तिहरूले आफ्नो खोक्रो राष्ट्रवाद सिद्ध गर्न नागरिकताको विषयलाई जबरजस्ती विवादित बनाइरहेको यादवले आरोप लगाए । ‘आफ्नो सरकार जोगाउँनका लागि नागरिकता विधेयक आध्यादेश मार्पmत तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्दा ठिक थियो आज त्यहीँ विधेयक लाइनटूलाइन दुर्ईरदुर्ई पटक सदन मार्पmत पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुँदा विरोध गर्नेहरू ढोंगी हुन् । उनीहरू राष्ट्रभक्त होइन, राष्ट्रघाती हुन,’ पूर्व वन तथा वातावरणमन्त्रि समेत रहेका यादवले भने ।
नागरिकताको समस्यालाई छिट्टै समाधान नगरिए काठमाडौं मात्र नभएर देशभरका युवाले ठाउँठाउँमा आन्दोलन शुरू गर्ने यादवले चेतावनी पनि दिए । जसपाको पोलिट ब्यूरो सदस्यसमेत रहेका उनले भने, ‘नागरिकताको विषयलाई अझै लम्ब्याइयो भने हामी पनि सडकमा आएर आन्दोलन गर्न बाध्य हुन्छौँ ।
यादवले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेर यसअघिकी राष्ट्रपति भण्डारीबाट भएको त्रुटिलाई सच्याएकोमा प्रशंसा गरे । उनले भने, ‘म राष्ट्रपतिलाई धन्यवाद भन्न चाहन्छु ।’
नागरिकताविहीन सङघर्ष समितिको आयोजनामा बिहिवारदेखि काठमाडौंको माइतीघर मण्डलमा धर्ना कार्यक्रम शुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रामानिकरण गरेको नागरिकता सम्बन्धी विधेयकमाथि सर्वाेच्चले अल्पकालीन आदेश जारी गर्दै रोक लगाएपछि उनीहरू आन्दोलित भएका हुन् । एक तथ्याङ्कअनुसार देशभर हाल १२ लाखभन्दा बढी युवाले नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर