राधेश्याम पटेल वीरगंज १९ जेठ ।
भारत,उत्तराखण्डमा भएको एउटा सवारी दुर्घटनाको खबरले अहिले वीरगंजलाई स्तब्ध बनाउनुको साथै झस्काएको छ । घटना हो, ऋषिकेश दर्शन गर्न जाँदै गरेको वीरगंजको युवकको बोलेरो दुर्घटनामा पर्नू ।उक्त घटनामा परी भारतीय चालकसहित वीरगंजका एक युवक गरी दुई जनाको मृत्यु भइसकेको छ भने अर्का दुई जना युवक गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । एक जनलाई भेन्टिलेटरमा राखिएको छ भने अर्कालाई आईसियूमा राखेर उपचार भइरहेको खबर प्राप्त भएको छ ।
सवारी दुर्घटनामा परी मृत्यु भएका पर्सा,वीरगंज–१ बजार छपकैया बस्ने विवेक गुप्ता(कलवार)को गएराति वीरगंज,बजार छपकैयाको शमसान घाटमा दाहसंस्कार गरियो । वीरगंजस्थित वीरगंज पब्लिक क्याम्पसमा अध्ययनरत विवेक भर्खरै सम्पन्न कक्षा १२ को अन्तिम परीक्षा दिएर भारतको उत्तराखण्डमा धार्मिक यात्रामा गएका थिए । १८ वर्षिय विवेकसहित बजार छपकैयाका कुल ९ जना युवक सवार भारतीय बोलेराकोे गत मंगलवार राति ११ बजेर ३४ मिनेटमा सवारी दुर्घटनामा परेको उत्तराखण्ड पुलिसले जनाएको छ ।
विवेकको शव भारतीय एम्बुलेन्सबाट गएराति वीरगंज ल्याई अन्त्यष्टि गरिएको विवेकको परिवारजनले जनाएको छ । गत जेठ १२ गते वीरगंजबाट रक्सौल,सुगौली रेलमार्गबाट हरिद्वार पुगेका वीरगंजका युवकहरुको बोलेरो गत जेठ १६ गते मगलरबारका दिन केदारनाथको दर्शन गरि ऋषिकेश जानेक्रममा बद्रीनाथ हाइवेमा यूआर ०७ सिए ७१०० नम्बरको भारतीय ट्रक मा जिए ०७ एस ९८७२ नम्बरको भारतीय बोलेरो एकआपसमा ठोकिएको थियो । ऋषिकेशभन्दा २२ किलोमिटर पहिले पर्ने उक्त घटनास्थलमा घटनास्थलमा विवेक र बोलेरो चालक भारतीय नागरिकको मृत्यु भएको थियो भने बाँकी ८ जनालाई उपचारको लागि ऋषिकेशस्थित एम्स अस्पतालमा उपचारको लागि लगियो । मृत्तक चालक,भारतीय नागरिकको परिचय खुलेको छैन । वर्षाको कारण बाटो चिप्लो बन्दा दुबै सवारी अनियन्त्रित भई एक आपसमा ठोकिएको घटनाबाट सकुशल उद्धार गरिएको आनन्द गुप्ता बताउँछन् । मृतक विवेक बजार छपकैयाका पूर्व वडा सदस्य एंव काँग्रेस नेता ओमप्रकाश गुप्ता(ओमी) का एकल सन्तान हुन् । घटनामा परि थप एक जना गम्भीर ,एक जना मध्यम अवस्थामा उपचार गराइरहेका छन भने अन्य ६ जना समान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । बजार छपकैयाकै काले भन्ने रन्जन साह कानुको अवस्था चिन्ताजनक छ भने बिविसिकै कक्षा १२ का छात्र एवं बजार छपकैया बास्ने शाहिल गुप्ताको अवस्थ मध्यम छ ।शाहिलको अवस्था सुधारोन्मुक छ । रन्जनलाई भेन्टिलेटरमा राखिएको छ भने शाहिललाई आईसियूमा छनन् ।

Facebook Comments Box