२०८० जेठ १९ गते वीरगंज। मुलुककै प्रमुख भन्सार वीरगंज भन्सारको राजस्व असुली चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा लक्ष्यभन्दा ८५ अर्ब कम देखिएको छ।
वीरगंज भन्सारले चालु आवको साउनदेखि वैशाख मसान्तसम्म लक्ष्यको ५९.९५ प्रतिशत राजस्व मात्रै असुली गरेको छ। अर्थात वीरगंज भन्सारले चालू आवको पछिल्लो १० महिनामा २ खर्ब १४ अर्ब १५ करोड ९० लाख ६४ हजार रुपैयाँ पाएको राजस्व लक्ष्य मध्ये १ खर्ब २८ अर्ब ३९ करोड २८ लाख ४ हजार राजस्व लक्ष्य संकलन गरेको छ।
वीरगंज भन्सारले साउनदेखि वैशाखसम्म कुल ८५ अर्ब ७६ करोड ६२ लाख ६० हजार कम राजस्व संकलन गरेको वीरगंज भन्सारको तथ्यांक शाखाले जनाएको छ। जबकी वीरगंज भन्सारले गत आव २०७८/७९ को साउन देखि वैशाखसम्म १ खर्ब ६८ अर्ब ८६ करोड २६ लाख ३४ हजार रुपैयाँ लक्ष्य पाएकोमा १०१ प्रतिशत अर्थात १ खर्ब ७० अर्ब ७० करोड २६ लाख ६९ हजार राजस्व संकलन गरेको थियो।
चालु आवमा पोहोरभन्दा राजस्व लक्ष्य अधिक एवं मालवस्तुको आयातमा कमी आउँदा राजस्व संकलन प्रभावित भएको भन्सार अधिकारीहरुले बताए।
वीरगंज भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालका अनुसार गत आवको वैशाखमा मात्रै १६ अर्ब ९३ करोड १२ लाख ११ हजार राजस्व लक्ष्य पाएकोमा वीरगंज भन्सारले ९०.४८ प्रतिशत अर्थात १६ अर्ब ३१ करोड ९७ लाख ११ हजार राजस्व संकलन गरेकोमा यस चालू आवको साउनदेखि वैशाख सम्म १० महिनामा २३ अर्ब १२ करोड २६ लाख ५२ हजार राजस्व लक्ष्य पाएकोमा ५७.३४ प्रतिशत अर्थात १३ अर्ब २५ करोड ९२ लाख ५२ हजार राजस्व संकलन भएको छ।
वीरगंज भन्सारले वैशाखसम्म भन्सार महसुलतर्फ ८० अर्ब ८४ करोड ४७ लाख ५४ हजार लक्ष्य पाएकोमा ५६.१९ प्रतिशत अर्थात ४५ अर्ब ४२ करोड ६६ लाख ४८ हजार,मूल्य अभिवृद्धिकरतर्फ ७९ अर्ब ६३ करोड ६९ लाख ३४ हजार लक्ष्य पाएकोमा ७२.७९ प्रतिशत अर्थात ५७ अर्ब ९६ करोड ७७ लाख १७ हजार, अन्तःशुल्कतर्फ २१ अर्ब ७० करोड ७३ लाख ६१ हजार लक्ष्य पाएकोमा ३७.४६ प्रतिशत अर्थात ८ अर्ब १३ करोड १७ लाख ८८ हजार राजस्व संकलन भएको छ।
त्यसैगरी पूर्वाधार करतर्फ १७ अर्ब ६७ करोड ९ लाख ९६ हजार लक्ष्य पाएकोमा ६३.४२ प्रतिशत अर्थात ११ अर्ब २० करोड ६३ लाख ५६ हजार,कृषि सुधार करतर्फ १ अर्ब ७६ करोड ३ लाख ८५ हजार लक्ष्य पाएकोमा ७५.४७ प्रतिशत अर्थात १ अर्ब ३२ करोड ८४ लाख ७८ हजार संकलन गरेको छ।
यस्तै सडक मर्मत तथा सुधार करतर्फ ७ अर्ब ९८ करोड २८ लाख १३ हजार लक्ष्य पाएकोमा ३६.१३ प्रतिशत अर्थात २ अर्ब ८८ करोड ४१ लाख ५५ हजार एवं सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३ अर्ब ४८ करोड ३४ लाख ७ लाख राजस्व लक्ष्य पाएकोमा ३२.०६ प्रतिशत अर्थात १ अर्ब ११ करोड ६६ लाख ५० हजार राजस्व संकलन भएको थियो।
वीरगंज भन्सारको तथ्यांक अनुसार गत आवको १० महिनामा प्रज्ञापन पत्रको संख्या विश्लेषण गर्दा हरियो च्यानलबाट ३३ हजार १८२, पहेंलोबाट ४६ हजार ८८९ र रातोबाट ८७ हजार ५१३ वटा प्रज्ञापनपत्र जाँचपास भएको थियो भने चालु आवमा हरियोबाट २१ हजार ८२१, पहेंलोबाट ३६ हजार ५९८ र रातोबाट ६५ हजार ३२४ वटा प्रज्ञापनपत्र जाँचपास भएको थियो।
पछिल्लो १० महिनाको सबैभन्दा धेरै भित्रिएका २० आयातित मालवस्तुमा डिजेल, पेट्रोल, जिप कार भ्यान, एलपी ग्यास, एमएस बिलेड छन्। यस्तै भटमासको कच्चा तेल, अन्य कोइला, पामको कच्चा तेल, सुर्ती, मोटरसाइकल, एचआर सिट, मोटरसाइकल एसेम्बल्ड, तयारी कपडा, सूर्यमुखी कच्चा तेल छन्। लुब्रिकेन्ट्स मोबिल, पेन्ट्स र वार्नेस, एमएस स्टिल, हल्का पेय पदार्थ, पोलिथिन दाना र रेफ्रिजरेटर पनि धेरै भित्रिएका मालवस्तुको टप २० भित्र पर्छन्।