spot_img

spot_img

वीरगंजमा पनि नेक्शन इभी म्याक्सको बिक्री शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले टाटाको नेक्सन इभी म्याक्स वीरगंजस्थित प्राइम अटोमा सार्वजनिक गरेको छ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल महाप्रबन्धक सावन्तजंग सिजापति र टाटा मोटर्सका नेपाल कन्ट्री म्यानेजर प्रशन्न रंगनाथनको उपस्थिति थियो । यातायात क्षेत्रको द्रुत विद्युतीकरण प्रतिवद्धताअनुरुप टाटा मोटर्सले नेक्सन इभी म्याक्स वीरगंजमा बिक्री वितरण थालेको हो । नेक्सन इभीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
गाडीमा ७.२ किलोवाटको वैकल्पिक चार्जर व्यवस्था गरिएको छ । उत्कृष्ट एवम् दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उँचाई पुर्याउने अपेक्षा गरेको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीनवटा आकर्षक रङ्गमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्री भन्दा ३३ प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ । गाडीले विना कुनै झञ्झट एआरएआइद्वारा प्रमाणित ४ सय ५३ किलोमिटर लामो रेञ्जको यात्रा सहजै गर्दैछ । १ सय १० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २ सय ५० एनएम बराबरको टर्क पैदा गर्छ । गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा पनि जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमै चार्जिङ हुने गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल महाप्रबन्धक सिजापतीले भने, ‘हामीले नेक्सन इभीको नयाँ संस्करण नेक्सन इभी म्याक्स वीरगञ्जमा सार्वजनिक गरेका हौँ र उत्सासाहित छौँ ।’
अनुभव गर्नुहोस सर्वोत्कृष्टताको नेक्सन इभी म्याक्सको भित्री एवम् बाहिरी बनावटबीच एक साँच्चै सुन्दर सामान्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुका लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ जस्ता सुविधा भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तिनवटा मोडल उपलब्ध छन् ।
गाडीमा मल्टीमोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्वीचमार्फत रिजेनेरेटिभ ब्रेकिङको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ अवस्थाअनुरुप रिगेनको चार विभिन्न लेबलमध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल शून्यमा शून्य रिक्युपरेटिभ ब्रेकिङ्गदेखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।

नेक्सन इभी म्याक्समा एक अर्को अभूतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाका निम्ति आइ–भिबिएसीसहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेकलगायतका गुण छन् । ८ वर्ष वा १ ला ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताका लागि आइपि सिक्स सेभेनद्वारा प्रमाणित पनि छ ।

Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर