spot_img
spot_img

पर्साका शिक्षकहरूद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० जेठ ।
नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै आज सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गरेको छ ।
जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेको शिक्षकहरूले जेठ ८ र ९ गते वीरगंज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए भने आज उनीहरुले दुई घण्टी कक्षा बहिष्कार गरेका हुन् ।
स्थानीय तहले नियम विपरित शिक्षकहरूको सरूवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरूको संगठन नेपाल शिक्षक महासंघले आजदेखि थप संघर्षका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिनुभयो ।
त्यस्तै जेठ ११ गते भोली टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने, जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बसि थप कार्यक्रमको तयारी गर्ने बताईएको छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर