spot_img

spot_img

एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

पढ्न छुटाउनुभयो ?

मुख्यमन्त्री सरोजकुमार यादव

१ जेठ, जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।

सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज यादवले जानकारी दिए ।

२७ पुसमा एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री बनेका थिए । सरकारमा चार मन्त्रालयसहित एमाले सहभागी बनेको थियो ।

केन्द्रमा समिकरण फेरिएपछि गत चैत २२ गते मुख्यमन्त्रीको दबाबमा एमालेका मधेश सरकारका चार मन्त्रीले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका थिए ।तर समर्थन फिर्ता लिएको थिएन ।

मधेशमा एमाले २३ सांसदसहित पहिलो दल हो ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर