spot_img
spot_img

बसको झ्यालबाट टाउको निकाल्दा पिकअपले ठक्कर दिएपछि बारामा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

जीतपुर, २९ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।
वीरगंजबाट काठमाडौंतर्प जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २–३ –००१ च २४५२ नम्बरको पिकअपले ठक्करबाट दिदा ५२ वर्षीय महतोको मृत्यु भएको हो ।
पिकअपले बसलाई ठक्कर दिदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटनालगतै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पथलैया–वीरगंज व्यापारिक मार्ग अन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर