spot_img
spot_img

रौतहटको गरुडाबाट यौनकर्मीसहित सातजना पक्राउ

पढ्न छुटाउनुभयो ?

रौतहट, २१ वैशाख ।
रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरूडा बजारबाट दुर्ई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरूडाबाट गएको संयुक्त टोलीले गरूडा स्थित अनिता होटेल एण्ड लजमा छापामारी होटेल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा होटेल सञ्चालक माधव नारायण नगरपालिका ३ का निरञ्जन यादव, दुर्ई जना यौनकर्मी महिला तथा चारजना पुरूष रहेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ओमप्रकास खनालले बताएका छन।
अनिता होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाको आधारमा बुधवार साँझ जिल्ला प्रहरी कार्यालय गौर तथा गरूडाका संयुक्त प्रहरी टोलीले छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन।
पछिल्लो केही दिन अघि उक्त होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आएपछि होटेल सञ्चालन यादवलाई बोलाएर त्यस्तो कार्य नगर्न सम्झाई बुझाई समेत गर्दा पनि अटेर गर्दै आएको डिएसपी खनालले बताएका छन् ।
यसअघि प्रहरीले सदरमुकाम गौर स्थित होटेल रोयल ईन्दु र साहिवा ब्युटी पार्लरमा छापामारी यौन धन्धामा संलग्न झन्डै एक दर्जन महिला पुरूष तथा सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाईको दायरामा ल्याएको थियो।
Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर