राधेश्याम पटेल वीरगंज अगामि वैशाख १० गते हुने बारा २ को उपचुनावलाई लक्षित गर्दै राजनीतिक दलहरुले हेभीवेट नेता अर्थात आफनो पार्टीका शिषर््ा नेताहरुलाई चुनावी जिल्लामा बोलाएका छन् । मतदातालाई आकर्षित गर्न सबैले आफनो पार्टीको ठुला नेतालाई बारामा बोलाएर चुनावी कार्यक्रममा सहभागी गराइरहेको छन् । चैत ७ गते पनि बाराको २ नम्बर क्षेत्रमा विशाल आमसभा आयोजना हुने भएको छ । एमालेका बारा २ को उपचुनावमा सांसदका उम्मेदवार पुरुषोत्तम पौडेलको चुनावी सभामा मुख्य अतिथि बनेर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बारा,पचरौता नगरपालिकाको बेनौली गाउँमा आइरहेका छन् ।उनी आएकै दिन सत्तागठबन्धनका सबै शिर्षनेताहरु बारा,महागढिमाई नगरपालिकाको बरियारपुरस्थित गढिमाई मन्दिर परिसरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यी दुई समुहले एक अर्कालाई काउन्टर दिन हेभी वेट नेतालाई बोलाएका हुन् । ठुला नेताबाट भाषण दिलाउने र मतदाता अकर्षित गर्ने राजनीतिक दलको रणनीति छ । केपी ओलीसंगै एमालेका नेताहरु ईश्वर पोखरेल,रघुवीर महासेठ,बाराका सांसद ज्वालाकुमारी साह,अच्यूत मैनाली,उम्मेदवार पुरुषोत्तम पौडेललगायतले बेनौलीमा रहेको पचरौता नगरपालिका नजिकै आयोजना हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा भारत,बिहारकी र्चिर्चत भोजपुरी गायिका आदिती राज,सोनम शर्मा, गायक विशाल यादवलगायतको सांगेतिक कार्यक्रम रहेको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले जनाए । ओली दिउँसो १ बजेपछि बेनौली पुग्ने कार्यक्रम रहेको छ । त्यसैगरी,सत्ता गठबन्धनका शिर्ष नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड,काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,लोसपा अध्यक्ष महन्थ ठाकुर,जसपा अध्यक्ष एवं बारा २ का सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केपी ओली र सत्तागठबन्धनका अन्य शिर्ष नेता प्रचण्ड,देउवा,माधव,महन्थ हेलिकोप्टरबाट बारा आउने कार्यक्रममा छ । सत्तागठबन्धनका नेता विहान ११ बजेपछि बारा आउने जसपा सांसद प्रदिप यादवले बताए ।उनीहरु हेलिकोप्टर, तथा निजि सवारीबाट आउने कार्यक्रम छ । केपी ओली पनि हेलिकोप्टरबाट पचरौता ल्याण्डिङ गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी,जनमत पार्टीले बारा २ को क्षेत्रमा डा. सिके राउतको उपस्थितिमा स्वाभिमान यात्रा जारी राख्ने कार्यक्रम राखेको जनमत पार्टीका नेता वीपी साहले बताए । त्यसैगरी,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले बारा २ को क्षेत्रमा मोटरसाइकल ¥याली गर्ने जनाएको छ । प्रभु साह नेतृत्वको आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई जिताउन स्वयम प्रभु साह बारामै किल्ला गाडी बसेका छन् ।ज्ञवालीको चुनावी सभा बिहीवार, नयाँवस्ती,असामटोल,प्रिपा्ढी,चरमोहना,चिकनी पकडीयालगायत गाउँमा हुने जनाइएको छ । उक्त कार्यक्रममा कलाकार रचना सिवाकोटी,अस्वीनी शाही,विजय यादव,टिकटक कलाकार प्रिति पासवान,सरिता साहलगायतले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box