रौतहटबाट विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त पक्राउ

पढ्न छुटाउनुभयो ?

रौतहट, २९ चैत ।
विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त रौतहट प्रहरीको फन्दामा परेका छन। गत फागुन र चैत २७ सम्मको अवधिमा जिल्ला प्रहरी तथा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना अभियुक्त लाई पक्राउ गरेको हो।
जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकोले उनीहरूलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
पक्राउ परेका अभियुक्तहरूलाई जरिबाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत रौतहटको निर्देशन अनुसार जिल्ला कारागार गौरमा पठाइएको एसपी बुढामगरले जानकारी दिए।

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर