spot_img

पर्साबाट स्रोत नखुलेको २० लाख नगद बरामद

पर्सा  २९ चैत्र । सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकम सहित धोबिनी गाउँपालिका–५ घर भएका अलिम मिया अन्सारीलाई पक्राउ गरेको छ ।
भिस्वाबाट वीरगन्जतर्फ आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो । ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले  बताए ।

आरोपीलाई बरामद नगद र काजु सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img