वीरगंज, २९ चैत । लोसपाका नेता जितेन्द्र सोनलले उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउनुपर्ने बताएका छन् ।
बुधवार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले बारा २ मा विकास र समृद्धि चाहने हो भने त्यसका लागि श्रोतसाधन चाहिन्छ, श्रोत र साधन सरकारसंग छ, सरकारमा पाँच दलीय गठबन्धन छ, त्यसका कारण पनि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउनुपर्ने बताए ।
बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन लोसपाका तर्पmबाट केन्द्रिय प्रतिनिधीका रूपमा खटाइएका पुर्वमन्त्री समेत रहेका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा २ को विकास र समृद्धि निश्चित रहेको बताए । यससंगै मधेसको एजेण्डा स्थापित हुने र मुलुकको राजनीतिले स्थायित्व पनि पाउने सोनलको तर्क छ ।
उनले उपेन्द्र यादव यहि देशका नागरिक हुन्, मधेसी नै हुन् त्यसका कारण बाहिरियाको नारा चलाउनेहरूले कुतर्क गरिरहेका छन् र यो कुरा बाराका जनताले राम्ररी बुझिसकेको बताए ।
उपेन्द्र यादवलाई जिताउनुपर्ने नेता सोनलको भनाइ
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box