spot_img

spot_img

सडक कालोपत्रको माग गर्दै बारामा सडकमै धर्ना

पढ्न छुटाउनुभयो ?

बारा, २६ चैत ।
सहायक हुलाकी सडक कालोपत्रे गर्नुपर्ने माग सहित स्थानीयले आइतवार कलैयाको तीनकुने चोकमा सडक अवरूद्ध पारेर धर्ना दिएका छन् ।

सो स्थानमा सडक कालोपत्र नहुंदा धुलो उड्ने गरेको कारण स्थानीयले आज बिहान साढे ७ बजे देखि सडकमै टेन्ट राखेर, आगो बालेर, ढाट लगाएर आवतजावत रोकेका छन । धर्नाकारीले कलैया उपमहानगरपालिका मेयर, बाराका प्रमुख जिल्ला अधिकारी, हुलाकी सडक योजना कार्यालय वीरगंजका प्रमुख समेतलाई यसबारे जानकारी गराइएको एकजनाले बताए ।
सो स्थानमा धूलोको कारण वृद्धवृद्धाहरु बिरामी परेको एकजना धर्नाकारीले बताए ।

सो स्थानमा तीव्र गतिमा टिपर, बस, ट्रकलगायतको सवारी साधन ओहरदोहर गर्ने गरेको कारण बुङबुङती धूलो उड्ने गरेको बताइएको छ ।
सडकमा उडेको धुलो कम गर्न उपमहानगरपालिकाले दिनहु पानी पटाउने गरे पनि त्यसको कुनै असर हुने गरेको छैन ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर