वीरगंज, २६ चैत ।
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।
मधेस प्रदेशको बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नं २ मा ३६ जनाको उम्मेदवारी परेको छ ।
बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय हासिल गरेका थियो । उहाँका प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ३८ र स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गरेका थियो । समानुपातिकतर्पm जसपाले १३ हजार दुर्ई सय ४२, नेपाली कांग्रेसले ११ हजार एक सय ७९ र नेकपा (एमाले)ले नौ हजार एक सय ९३ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रमा उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्पmबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरूषोत्तम पौडेल र सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार हुनुहुन्छ । कुशवाह हालै माओवादी केन्द्रबाट जनमत पार्टीमा प्रवेश गरेका हो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ । आयोगले उपनिर्वाचनका लागि यही चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ भने उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने हद निर्धारण गरिसकेको छ ।
बारामा उपनिर्वाचनको तयारी तीव्र, ३६ जनाको उम्मेदवारी
पढ्न छुटाउनुभयो ?
Facebook Comments Box