spot_img

spot_img

बाराको सुवर्ण गापामा महायज्ञमा दलित समुदायलाई पूजापाठमा रोक

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ चैत । बाराको सुवर्ण गाउँपालिकामा आइतवारदेखि भइरहेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठमा रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी परेको छ ।
वडा नम्बर १ घुसुकपुरमा आइतवारदेखि भइरहेको महायज्ञमा दलितहरुलाई प्रवेश गर्न नदिएको भन्दै नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । ५ वैशाख गतेसम्म हुने यज्ञमा ९० घरपरिवारका दलित समुदायका व्यक्तिलाई सहभागी हुन वञ्चित गरिएको उजूरीपत्रमा उल्लेख छ ।
तर यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा सङ्कलनजस्ता कार्यमा भने दलित समुदायका मानिसहरूलाई प्रयोग गरिएको बताइन्छ ।
उजूरीपत्रमा आयोजक मध्येका रामदेवप्रसाद यादव, इनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरूद्ध जिप्रकामा लिखित उजुरी गरेका हुन् ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर